उत्तर कोरियाले दक्षिण कोरियामा खेल्ने



लन्डन, (एजेन्सी)
यो तय भइसकेको छ कि यो वर्ष २०१८ को हिउँदे ओलम्पिकको लागि उत्तर कोरियाको टोली दक्षिण कोरिया जानेछ ।

पछिल्ला दुई वर्षमा पहिलो पटक भएको दुई देसबीचको वार्तापछि उत्तर कोरियाले आफनो टोली पठाउने निर्णय लिएको हो । उत्तर कोरियाका खेलाडीका साथै समर्थक पनि सामिल हुने बताइएको छ । उत्तर कोरिया और दक्षिण कोरिया को अंतरर्राष्ट्रीय सीमानामा पर्ने पनमुनजोम गाउँस्थित पीस हाउसमा यो बैठक बसेको थियो ।
यसअघि २०१५ मा दुई देसबीच वार्ता भएको थियो । तर त्यतिबेला दुबै देसबीच तनाव लगातार बढ्दै गएको छ । उत्तर कोरियाले लगातार रकेट लन्च गर्दै जाँदा दक्षिण कोरियाले कायसांग इन्डस्ट्रियल कम्प्लेक्समा एक संयुक्त आर्थिक परियोजना रद्द गरेको थियो ।

यसपछि नै उत्तर कोरियाले दक्षिण कोरियासँग सबै सम्बन्ध तोडेको हो । यति मात्र होइन उत्तर कोरियाले टेलिफोन लाइन समेत काटेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्