केसी विरुद्धको मुद्दा केदार चासिले र ओमप्रकाश मिश्रको बेञ्चमा



नेपाल समाचारपत्र, काठमाडौँ।
डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको छ । सर्वोच्चको आदेश अनुसार प्रहरीले डा. केसीलाई विहान ९ बजे उपस्थित गराएपछि अलिक ढिला मात्रै बेञ्च तोकिएको छ ।

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् भने विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्ने सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्