मानव अंग प्रत्यारोपण केन्द्रले गर्यो ३ सय ८६ जनाको मृगौला प्रत्यारोपण



पुष्कर बुढाथोकी, भक्तपुर।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुले हालसम्म ३ सय ८६ जनाको मृगौला प्रत्यारोपण गरेको छ।२०६९ वैशाख ११ गते देखि आफ्नो सेवा संचालनमा ल्याएको यस केन्द्रले दैनिक १०० जना भन्दा बढीको हेमोडायलाइसिस सेवा २४ सै घण्टा संचालनमा रहेको र ३ सय ८६ जनाको मृगौला प्रत्यारोपण भैसकेको जनाएको छ ।गत बैशाख देखि हाल सम्म मात्र १०४ जनाको मृगौला प्रत्यारोपण भैसकेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

केन्द्रले मुलुकमानै पहिलो पटक सफल मष्तिस्क मृत्यु भएका व्यक्तिवाट प्राप्त मृगौलाको प्रत्यारोपण, सफल कलेजो प्रत्यारोपण साथै भक्तपुरमा पहिलो पटक मुटुको ओपन हट् सर्जरी र सरकारी अस्पतालमा पहिलो पटक इन्डोष्कोपिक अल्ट्रासाउन्ड सेवा सर्वसुलभ मुल्यमा उपलब्ध गराउदै आएको छ ।नेपालमा मृगौला रोगका विरामीहरुको चाप अत्यधिक बृद्धी भएको र नेपाल सरकारले अङ्ग प्रत्यारोपण र सोसँग सम्बन्धित सेवा उपलब्ध गराउने उदेश्यका साथ खोलेको यस केन्द्रमा विरामीहरुको अत्याधिक चाप रहेको छ ।

विकास समिति ऐन २०१३ को दफा ३ अनुसार मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ अनुसार गठन भएको यस केन्द्रलेकोनाम गत पुष १७ गते बसेको मन्त्री परिषदको बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण राख्ने निर्णय गरेको थियो ।केन्द्रले स्थापनाको छोटो समयमा पुर्ण क्षमतामा संचालनमा ल्याएको बताउँदै उहाँलेमृगौला, कलेजो प्रत्यारोपणको लागि विदेशमा गएर उपचार गर्न पर्ने वाध्यतालाई अन्त गर्दै स्वदेशमा नै अंग प्रत्यारोपण सेवामा आत्मनिर्भर गर्ने दिशा तिर गैरको र राष्टको अरबौँ रुपैयाँ बचत गराएको बताउनुभयो ।

तर विगत सात महिनादेखि आन्दोलनरत मानव अंङ्ग प्रत्यारोपण केन्द्रका नर्सले आकस्मिक कक्ष मै धर्नामा बस्दा नियमित सेवा अबरुद्घ भएको निर्देशक डा.श्रेष्ठले बताउनुभयो । केन्द्रले आफूहरुलाई बिना आधार करार सेवाबाट निष्कासन गरिएकाले पुर्न बाहाली गर्नुपर्ने, सबै करारमा रहेकालाई स्थायी गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले विगत चारदिनदेखि आकस्मिक कक्ष मै धर्ना दिएका हुन् । केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. श्रेष्ठले बिरामीको बाहना गरी चारदिनदेखि आकस्मिक कक्षमा बसेर त्रजिना जति र सजिना द्यौलाले आकस्मिक कक्षको दुरुपयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“सुरुको दिन बेहोस भए भनेर आकस्मिक कक्षमा आएर बसे पछि यहाँका चिकित्सकले उपचार समेत गरे, उपचारमा संलग्न चिकित्सकलाई समेत जथाभावी गाली गलौच काम भयो, अहिले अबस्था ठिक छ, जानुस भनेर डाक्टरले डिस्चार्ज गर्दा पनि नगई आकस्मिक कक्षको बेडमा बसेका छन्, यसले वास्तविक विरामीलाई राख्ने ठाउँको अभाव भएको छ ।

आठ वटा शैया भएको केन्द्रको आकस्मिक कक्षको एउटा शैयामा जति र द्यौला बस्नु भएको छ । केन्द्रका निर्देशक डा. श्रेष्ठले उनीहरुले आन्दोलन गरेर बाहिरका मानिस बोलाएर हलहुज्जत गर्ने र धम्की दिएको आरोप लगाउँदै यहाँका कर्मचारीहरु समेत असुरक्षित भएको जिकिर गर्नुभयो । डा. श्रेष्ठले भन्नुभयो–“करार सेवा नविकरण नगरेको बाहनामा गरिएको आन्दोलनका कारण योजना गरेभन्दा ५० वटा मिर्गौला प्रत्यारोपणमा कमी आएको छ, कलेजो प्रत्यारोपण र मुटुको अप्रेशन कार्यमा असर परेको छ, मलाई पाँच घण्टा कार्यकक्षबाट बाहिर जान नदिई मिर्गौला प्रत्यारोपण गर्न समेत अबरोध पुर्याएका छन्, अहिले आकस्मिक कक्षको अनावश्यक प्रयोगले वास्तविक विरामी मर्कामा परेकाले छिटो बेड खाली गर्न अपिल गर्दछौ ।”

आन्दोलनमा उत्रिएकाले निर्देशक डा. श्रेष्ठ र नर्सिङ्ग निर्देशक ईन्दिरा प्रधानको चरित्र हत्या गर्ने र मिर्गौलाको विरामीलाई पुनः भारत पलायन हुन बाध्य पार्ने गरी भ्रम फैलाउने काम भएको उहाँको भनाई छ । निर्देशक डा. श्रेष्ठले केही संचार माध्यमले आन्दोलनकारीको पक्षमा एकतर्फी रुपमा समाचार सम्प्रेषण गरेर गलत गरेको टिप्पणी समेत गर्नुभयो ।

यसबारेमा स्वास्थ्य मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदनका आधारमा करार सेवा नविकरण गर्नुपर्ने कुनै आधार नभएको भन्ने व्यहोराको निर्देशनात्मक पत्र केन्द्रलाई पठाएको जानकारी गराउनुभयो । केन्द्र स्थापना भएदेखि तीन महिने अस्थायी करारमा रहेका नर्स तथा कर्मचारीलाई स्थायी पदपूर्तिका लागि माग भई गएअनुसार लोकसेवाले स्थायी गर्न परीक्षा संचालनको अन्तिम तयारी गरेको जानकारी आफूले पाएको उहाँको भनाई थियो ।

आकस्मिक कक्षमा बसेका नर्स मध्ये त्रजिना जतिको स्वास्थ्य अबस्थामा केही सुधार भएपनि अन्य अस्पतालमा लगेर उपचार गर्नुपर्ने केन्द्रका चिकित्सकले जानकारी दिएका छन् । सजिना द्यौलाको अबस्था भने सामान्य भैसकेको चिकित्सकको भनाई छ । आकस्मिक कक्षमा बसेका नर्स जति र द्यौलाले उपचार र धर्ना दुबै भएको बताउँदै नेपाल नर्सिङ्ग संघले धर्नामा बस्न भनेकाले बसेको बताउनुभयो । द्यौलाले भन्नुभयो–“हाम्रो उपचार र धर्ना दुबै हो, हाम्रो सबै समस्या र जिम्मेवारी नर्सिङ्ग संघले लिएको छ, हाम्रो आन्दोलन जारी छ ।

केन्द्रकी नर्सिङ्ग निर्देशक प्रधानले भने यतिखेर अस्पतालमा भर्ना भएर बस्नु पर्ने अबस्था नभएपनि आकस्मिक कक्षको शैया कब्जा गरेर वास्तविक विरामीको उपचारमा समस्या पैदा गरेको आरोप लगाउनुभयो ।उक्त विषयलाई लिएर निजहरुले नर्सिङ्ग संघ र स्वाास्थ्य मन्त्रालयमा दिएको उजुरी छानविन गर्न स्वास्थ्य मन्त्रालयले नर्सिङ्ग प्रमुख स्वास्थ्य मन्त्रालयको नेत्रृत्वमा गठन भएको समितिको प्रतिबेदनका आधारमा केन्द्रलाई दिएको निर्देशनात्मक सुझावमा पनी करार नविकरण गर्नु पर्ने कुनै कानुनी आधार नरहेको पत्र समेत प्राप्त भए पश्चात पुन विभिन्न संघ संस्थाको नाममा विभिन्न बाहिरी व्यक्ति समेतको संलग्नतामा पुन केन्द्रको दैनिक कार्यमा वाधा पु¥याउने गतिविधी दोहो¥याउने काम गरेको विरामी भएको वाहानामा केन्द्र इर्मजेन्सीमा बसेर वास्तविक विरामीको उपचारमा अवरोध पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्