मिस्टर झोलेको कभर भिडियो कम्पिटिसनका विजेतालाई ३ लाख ८५ हजारको पुरस्कार



आगामी शुक्रबार अनेपारिलिज हुन लागेको फिल्म मिस्टर झोलेको निर्माण संस्थाले फिल्ममा रहेको ओखती बोलको कभर भिडियो कम्पिटिसनको विजेता घोषणा गर्दै पूर्वघोषित पुरस्कार प्रदान गरेको छ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा सो प्रतियोगिताका विजयीहरू घोषणा गर्दै पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा पोखराको क्रिस्टक्लजले बनाएको भिडियो प्रथम घोषित भयो। प्रथम हुन सफभएबापत क्लजलाई १ लाख ५५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ। कन्सेप्ट र पर्फमेन्सका आधारमा क्रिस्टक्लज उकृष्ट ठहरिँदा काठमाडौंको किसन एन्ड डान्स क्रु द्वितीय हुन सफभएको छ। क्रुलाई पुरस्कारबापत १ लाख २५ हजार रुपियाँ प्रदान गरिएको छ। त्यसै गरी इटहरीको डाइनामिक क्रु तृतीय हुन सफभएको छ। क्रुलाई पुरस्कारबापत १ लाख ५ हजार रुपियाँ प्रदान गरिएको छ। प्रतियोगितामा २५ भिडियोले प्रतिस्पर्धा गरेका थिए।

‘एक महिनाअगाडि घोषणा गरिएको कभर भिडियो कम्पिटिसनमा शुरुआती चरणमा एउटा भिडियोमात्र प्राप्त भएको थियो। तीन पुरस्कार घोषणा गरिएको प्रतियोगितामा एउटामात्र भिडियो आएपछि बाँकी २ पुरस्कार कसलाई दिने भन्ने अवस्था पनि सिर्जना भयो’, कार्यक्रममा बोल्दै फिल्मका निर्देशक रामबाबु गुरुङले भने– ‘निर्धारित समयसम्म भने २५ भिडियो दर्ता भए। हामीले टिम नै बसेर कन्सेप्ट र पर्फमेन्सका आधारमा टप थ्री चयन गरेका हौं।’

सिनेमा आर्टको ब्यानरमा टेकेन खड्काको निर्माण र कार्यकारी निर्माता रौनक विक्रम रहेको फिल्ममा दयाहाङ राई, प्रविन खतिवडा, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, सरोज अर्याल, दिया पुन, वर्षा राउत, अरूणा कार्की, लक्ष्मी बर्देवा, निरू खड्कालगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। रामबाबुकै लेखन रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्व संगीत
रहेको छ।

प्रतिक्रिया दिनुहोस्