बारमा आगलागी



नयाँदिल्ली, (एजेन्सी)
भारतको एउटा बारमा आगलागी हुँदा त्यहाँ कार्यरत ५ जना कर्मचारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। दक्षिणी भारतीय शहर बैंग्लोरको कैलाश बारमा स्थानीय समयअनुसार सोमबार बिहान २ बजेर ३० मिनेट जाँदा आगो लाग्दा तिनीहरू सो बारमा सुतिरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण पत्ता लगाउन अनुसनधान शुरू भइसकेको बताइएको छ। विगत दुई साताभित्र मुम्बईका दुईवटा छुट्टाछुटै स्थानमा भएको आगलागीमा १९ जना मानिसको मृत्यु भएको थियो। फोरेन्सिक टोली र अग्नि नियन्त्रण टोलीले संयुक्तरूपमा आगलागीबारे अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्