(अ)गठबन्धनको (अ)दृश्य



डा. टीकाराम पोखरेल

सकारात्मक अर्थमा बुझ्दा गठबन्धन गर्नु भनेको कुनै लक्ष्य हासिगर्नका लागि दुई वा दुईभन्दा बढी व्यक्ति वा समूह एक हुने काम हो। यसलाई कुनै उद्देश्यपूर्तिका लागि गरिने मिलोमतो पनि भनिन्छ। यो सैद्धान्तिक अर्थ भयो। अव्यिवहारिक रुपमा भन्दा चाहिँ गठबन्धनलाई कुनै स्वार्थसिद्ध गर्नका लागि दुई वा दुईभन्दा पक्षहरु बीचको साँठगाँठ पनि भन्न सकिन्छ। नेपालमा यति बेला गठवन्धन राजनीतिको चर्चा चरम शिखरमा छ। खासगरी चुनावी परिणामपछि चर्चा झनै चुलियो। संघीय र प्रदेशसभाको चुनावको मुखमा अनपेक्षित रुपमा बनेको बामगठबन्धनले चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पारेको र लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयास गरेर पनि सफहुन नसकेको नेपाली कांग्रेसको अप्रत्याशित हारले गठबन्धन चर्चा झनै चुलिएको हो। मिडियाहरुले बामगठबन्धन शब्दलाई अत्यधिक प्रयोग गरेपछि जनजिब्रोमा समेत बामगठबन्धन झुण्डिएको छ।

चुनाव जितेको एमाले र माओवादी समूहलाई वठबन्धन शब्द अत्यन्त प्रिय भएको छ। चुनाव हारेर घाइते भएको कांगे्रसलाई भने गठबन्धन शब्द अप्रिय लाग्न थालिसकेको छ। जो जसलाई प्रिय अप्रिय जे लागे पनि गठवन्धन राजनीतिले अझै केही महिना तताउने निश्चित छ। गठबन्धनका परिणामहरु आगामी दिनमा जे देखिए पनि गठबन्धन वरिपरि राजनीति घुम्ने छ।

सामान्य आँखाले हेर्दा गठबन्धनमा चुनाव जितेको पक्षलाई सहज र हारेको पक्षलाई असहज जस्तो देखिन्छ, तर जित्नेभित्रका छटपटीहरु पनि सहज छैनन्। गठबन्धनभित्र दृश्यमा देखिएका भन्दा अदृश्यमा लुकेका कुराहरु भिन्न छन् । त्यसो त यो गठबन्धन राजनीति कति ठीक ? भन्ने प्रश्नहरु पनि छन्। यसका आफ्ना आफ्ना तर्क हुनसक्तछन्। गठबन्धनले चुनावमा राम्रो नतिजा हात पारेकोले धेरैलाई गठबन्धनको अनुहार सुन्दर लाग्न सक्दछ। तर गठबन्धन बाहिर देख्दा जति सुन्दर देखिन्छ, त्यसभित्रका दृश्यहरु भने त्यति पृय छ्रैनन्।

पहिलो कुरा त गठबन्धन राजनीतिले स्वच्छ प्रतिस्पर्धालाई चुनौती दिएको छ। एउटा विवेकशीनागरिकको विवेकमाथि गठवन्धन राजनीतिले अतिक्रमण गर्दछ। एउटा सिद्धान्त र पार्टीको समर्थकलाई अर्को सिद्धान्तको पार्टीलाई भोट हाल्न बाध्य बनाउँछ। त्यति मात्र होइन विवेक र सिद्धान्तलाई चुनौती दिने गठबन्धनभित्र अदृश्यमा धेरै लेनादेना भएका हुन्छन्। बामगठबन्धनका प्रमुख हस्ती मानिएका केपी ओली र प्रचण्ड बीच भित्र भित्र के के सम्झौता होलान् ? कार्यकर्तालाई के थाहा ? कार्यकर्तालाई त नेताले मनमा एउटा कुरा राखेर जिब्रोले अर्को बोलेको कुरालाई होमा हो मिलाउँदै र त्यसमा थपडी बजाउँदैमा अरु कुरा सोच्ने फुर्सद नै छैन। विवेकशून्य थपडीको तावेदारी गर्दै नेताले जता जता भन्यो कार्यकर्ता त्यतै त्यतै हिँड्नुपर्छ।

गठबन्धन कति विवेकहीन र स्वार्थपूर्ण हुन्छ भन्ने कुरा भरतपुरतिर फर्केर हेरे पुग्छ। स्थानीय तहको निर्वाचनमा भरतपुरमा रेणु दाहाललाई जिताउन प्रचण्ड र देउवा बीच भरतपुरमा भएको अदृश्य सहमति अहिलेसम्म कसैलाई थाहा छ्रैन। त्यो गठबन्धनबाट कसका स्वार्थ कति पूरा भए कति भएनन् ? तिनको फेहरिस्त समयसन्दर्भमा आउलान्। स्थानीय निर्वाचन मात्र होइन प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि गठबन्धन कायम राख्ने भन्दै स्थानीय तहको चुनावमा गएका कांग्रेस माओवादी गठबन्धन आफ्नो सहमतिको हस्ताक्षरको मसी सुक्न नपाउँदै सहमति तोड्न पुगे। यसरी बेतुकमा गठबन्धन बन्नु र बेतुकमा तोडिनुको गठबन्धनको औचित्यलाई राजनीतिमा कसरी पुष्टि गरिन्छ ? के गठबन्धनको नाममा कांग्रेसले माओवादीलाई भरतपुर महानगरपालिकाको मेयरमा दिएको मतको औचित्य समाप्त भइसकेको हो ? त्यो मत ६ महिने म्याण्डेटका लागि हो कि ५ वर्षे म्याण्डेटका लागि हो ? पाँच वर्षका लागि हो भने ६ महिना पनि नपुग्दै गठबन्धन किन टुट्छ ? यस्तो मौसमी जोडाइ र फुटाइ हेर्दा गठबन्धन स्वार्थ बाहेक अरु केही हो र ?

त्यो चितवन। जहाँ माओवादी कार्यकर्ताले कहिले कांग्रेसलाई कहिले एमालेलाई भोट हाल्नु पर्यो। एमालेसँग प्रतिपर्धामा उत्रिनु पर्यो। कांग्रेसले पनि ६ महिना अगाडि माओवादीलाई भोट हाल्नु पर्यो भने ६ महिना पछाडि त्यही माओवादीसँग कडा प्रतिस्पर्धी हुनुपर्यो। यी कार्यकर्ताका पीडा हुन्। गठबन्धनका सबैभन्दा ठूलो पीडाका प्रतिनिधि पात्र त देवी ज्ञवाली हुन्। देवी ज्ञवाली जो प्रचण्डकी छोरी रेणु दाहालसँग भरतपुरको मेयरमा पराजित भए। एमालेकै नेताहरुको भनाइमा त ज्ञवालीले चुनाव हारेको पनि होइन, हराइएको हो। ६ महिना अगाडि प्रचण्ड देउवा गठबन्धनले हराएको भनिएका तिनै देवी ज्ञवाली ६ महिनापछि महाभारतमा दुर्योधनको सेनापति भीष्म पिताम्मह भए भैmँ भरतपुर ३ मा प्रचण्डको चुनावी सेनापति बने। ६ महिना अगाडि तिनै ज्ञवाली भरतपुरको महानगरपालिकाको निर्वाचनताका भन्थे– मेरो प्रतिष्पर्धा रेणुसँग होइन प्रचण्डसँग हो। तिनै ज्ञवालीले फेरि ६ महिनापछिको चुनावमा भने– प्रचण्डलाई जिताउनु मेरो कर्तव्य हो। ज्ञवालीको पछिल्लो भनाइभित्र यान्त्रिकता कति होला ? देवी ज्ञवालीले बोलेको कुरालाई उनको मनले कति साथ दिँदो हो ? के यस्ता शब्दहरु देवी ज्ञवालीको मनैदेखि आएका होलान र ?

यी सबै परिदृश्य हेर्दा प्रष्ट छ, गठबन्धनहरु कुनै महान् लक्ष्य प्राप्तिका लागि बन्दैनन्, निहित स्वार्थ पूर्तिका लागि बन्छन् भन्ने कुरा स्थानीय निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनले देखाइसकेको छ। यदि स्वार्थको गठबन्धन थिएन भने त्यो गठबन्धन लामो समय टिक्नुपथ्र्यो। १ वर्ष नि नटिक्ने गठबन्धन भनेको लक्ष्यविहिन गठबन्धन मात्र हो, त्यसको कुनै सैद्धान्तिक धरातहुँदैन। मात्र लेनादेना हुन्छ। एक किसिमले राजनीतिक व्यापार मात्र।

विगतको कांग्रेस माओवादी बीचको अघोषित गठबन्धन मात्र होइन, अहिलेको एमाले माओवादी बीचको घोषित वामगठबन्धन पनि कुनै महान लक्ष्यको जगमा होइन, स्वार्थको जगमा अडेको छ। लक्ष्य कुनै छ भने त्यो चुनाव जित्ने र सत्ताप्राप्ति मात्र छ। त्यसैले त चुनावका मुखमा आएर रातारात गठबन्धन बनेको छ। यो गठबन्धन बन्नमा नागरिक तहमा कुनै बहस त भएन नै, कार्यकर्ता तहमा समेत बहस भएन। अझ भनौँ मझौला कदका नेताले समेत गठबन्धनको सहमति अगाडि सुइँको पाएनन्। माथिल्ला २÷४ जनाले जे जे भने त्यसैमा हो मा हो मिलाउने मात्र उनीहरुको नियति बन्यो।

गठबन्धन सत्ता बाहेक केही होइन भन्ने कुरा चुनावी परिणाम पछिको एमाले माओवादीको छटपटीले पनि देखाएको छ। अहिले एमाले माओवादीलाई कसरी मुसो बनाउने रणनीतिमा छ। माओवादी एमालेमा छिरेर कसरी हात्ति बन्ने दाउमा छ। यस्तो स्वार्थप्रेरित गठबन्धनको परिणति के होला ? जब कि मधेशवादी दपनि बाम गठबन्धन भत्किएदेखि सरकारमा पस्नका लागि खुट्टा उचालेर बसेका छन्। ५ वर्षे स्थायी सरकार बनेमा अपवित्र चलखेगर्न नपाइने भएकाले कसरी गठबन्धन भत्काएर कसरी कसरी सत्ता चलखेगर्ने भन्ने दाउ साना दलको छ।

एकातिर एमाले–माओवादी बीच पार्टी एकीकरण होला र आफ्नो शक्ति क्षय होला भनेर कांग्रेसको निदहराम छ भने अर्कातिर माओवादी भाग्छ कि भनेर एमाले त्रसित छ। यतिबेला एमाले सरकार बनाउने कि नबनाउने भन्ने सत्ताको साँचो माओवादी हातमा छ। यदि माओवादीले सत्ताको साँचो एमालेलाई दिन हिच्किचावट गरेमा फोरमतिर साँचो माग्ने कि भन्ने दाउमा एमाले छ। उता कांग्रेसले माओवादीलाई ५ वर्ष आफ्नो समर्थनमा सत्ता चलाउन दिने पासा पनि फालिसकेको छ। तर बाम गठबन्धन भत्किएमा चाहिँ सत्ताको साँचो माओवादी नभएर मधेशवादी बन्ने छन्। अब सत्ताको झिनाझम्टीमा अल्पकालीन गठबन्धनका प्रयास त बग्रेल्ती हुनेछन्।

सामान्यतया गठबन्धन आफ्नो शक्ति पूर्ण नहुँदा बन्छ। राजनीतिमा त अस्तित्वको लागि पनि गठबन्धन बनाइन्छ। तर नेपालको राजनीतिमा भने गठबन्धनको पछाडि व्यक्तिका स्वार्थबाहेक अरु केही हुन्न। भनिन्छ सबै देश र जनताका लागि तर गरिन्छ सबै पार्टी र आफ्ना लागि। त्यसैले गठबन्धन भन्नासाथ दृश्यमा एउटा देखिन्छ अदृश्यमा अर्कै हुन्छ। यस अर्थमा यो गठबन्धन भन्दा पनि अगठबन्धन हो। जसको उद्देश्य पवित्र हुँदैन, तर पवित्रताको भ्रम छरिन्छ। जसको उद्देश्य नै पवित्र हुँदैन, त्यस्तो गठबन्धन टिक्दैन। स्वार्थको जगमा ठडिएको गठबन्धन स्वार्थ नमिल्नासाथ ढलिहाल्छ।

प्रतिक्रिया दिनुहोस्