गोप्य अन्तरियान जुमा



केप क्यान्वेरल, (एजेन्सी)
स्पेस एक्सले यस वर्षको पहिलो अन्तरिक्ष अभियानमो सफप्रक्षेपण गरेको छ। उक्त अन्तरिक्ष एजेन्सीले गत वर्ष १८ पटक प्रक्षेपण गर्दै कीर्तिमान कायम गरेको थियो। यस वर्षको पहिलो प्रक्षेपणमा विशेष गोप्य अन्तरिक्ष यान जुमालाई अन्तरिक्षमा पुर्याएको छ। जुमा अमेरिकी सरकारको अत्यन्त गोप्य अभियान भित्र पर्छ। स्पेस एक्सले जुमालाई फ्लोरिडास्थित केप क्यान्वेरप्रक्षेपण केन्द्र स्थित एसएलसी–४० बाट प्रक्षेपण गरिएको हो। उक्त अन्तरिक्ष यानलाई पृथ्वीको तल्लो कक्षमा पुर्याइने बताइएको छ। तर उक्त यानको उद्देश्य र डिजाइनका विषयमा कुनै जानकारी नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्