धनगढीका कार्यकारी अधिकृतलाई कालोमोसो लगाएर बजार परिक्रर्माको चेतावनी



हेमन्त पौडेल, कैलाली । धनगढी उप–महानगरपालिकाका कार्यकारी अधिकृत (प्रमुख प्रशासकीय अधिकृत) कृष्णप्रसाद गौतमले आतंक मच्चाएकाछन् । कार्तिक ११ गते उप–महानगरपालिकामा हाजिरभएका गौतमले सेवग्राहीप्रति दुब्र्यवहार गर्ने गरेकाछन् ।

काम विशेषले उप–महानगरपालिका पुगेका सेवाग्राहीप्रति दुब्र्यवहार गर्दै समयमा काम नगर्ने गरेको गुनासो बढ्दै गएको छ । सेवाग्राहीले लगेका फायलहरु प्रक्रिया नपुगेको भन्दै फल्दीने गरेकाछन् । फायलमा कुन कागजहरु पुगेन कुन ठाउँबाट ल्याउनुपर्ने हो सो कुराको कुनै जानकारी नदिईकन फाइल प्mयाक्ने गरेको सेवाग्राही बताउँछन् ।

उप–महानगरपालिकामा सर्वधारण मानिसहरु आफ्नो काम लिएर जाने गरेकाछन् । तर कार्यालय प्रमुखको यस्तो हर्कतले सेवाग्राही दुःखी हुने गरेको एक प्रत्यक्षदर्शीले बताए । गतसाता आफ्नो काम लिएर उप–महानगरपालिका पुगेका एक सेवाग्राहीको फायलमा काजपत्र नपुगेको भन्दै फ्याकेको आफूले देखेको ती प्रत्यक्षदर्शीले बताए ।

उप–महानगरमा घरनक्सा लगायतका अन्य काम लिएर पुग्ने अधिकाँश सेवाग्राही कार्यालय प्रमुख गौतमको कार्यशैलीबाट निकै आक्रोशीत हुने गरेकाछन् । यस अघिका कार्यालय प्रमुखले अपुग भएका कागजपत्रहरुका बारेमा जानकारी दिँदै सम्बन्धित ठाउँमा जान सुझाव दिने गरेको बताउँदै आफ्नो काम लिएर उप–महानगरपालिका पुगेका एक सेवाग्राहीले भने फायलमा कागनै पूरा नराखेर मेरो टेबुलमा ल्याउने भन्दै धम्काएको उनको गुनासो छ । के कागज पुगेन के ल्याउनु पर्छ भन्दा कुनै जवाफ नदिएर झर्किने गरेको उनको भनाई छ ।

जिविस डोटीबाट सरुवा भएर आएका कार्यकारी अधिकृत गौतमको कार्यशैलीप्रति आम नगरवासी समेत सन्तुष्ट छैनन् । उनले आफू बाहेक अरु जान्नेपनि कोही नभएको जस्तो गरेर अरुलाई होच्याएर ब्यावहार गर्ने गरेकाछन् । जनप्रतिनिधि आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाउने आशा गरेका थिए तर कार्यालय प्रमुख गौतमको ब्याहारले जनप्रतिनिधिहरु पनि निकै दुःखी भएकाछन् ।

कार्यालय समयमा कार्यालय प्रमुखले ढोका बन्द गरेर बैठक गर्ने र सेवाग्राहीको काम नगर्दा निकै समस्या देखेपछि सेवाग्राहीको काम रोकेर बैठक नगर्न सुझाव दिएको एक वार्ड अध्यक्षले जानकारी दिए । जनप्रतिनिधि आएपछि छिटोछरितो काम होला भन्ने आशामा बसेका जनताहरु कार्यालय प्रमुख गौतमका कारण काममा ढिलाई हुने गरेको ती अध्यक्षले पनि गुनासो गरे ।

एकै पटकमा हुने काम लामोसमयसम्म झुलाएर राख्ने कार्यालय प्रमुख गौतमको बानी नै बनेको छ । निर्माण सम्पन्न भएका बिलहरु भुक्तानीकालागि लगेपनि विभिन्न बाहाना बनाएर फिर्ता गर्ने गरेकाछन् । यसले गर्दा काम सम्पन्न भएको दुई महिना वितिसक्दा समेत भुक्तानी नभएको गुनासो पनि बढ्दै गएको छ ।

उप–महानगरपालिकासंग जनताको प्रत्यक्ष सरोकार रहेको र त्यसमा पनि विभिन्न कार्यालयहरुको इकाई उप–महानगरपालिकामा रहेकाले कामको चाप बढी रहेको छ । कामको चाप बढीरहेकाले सेवाग्राही पनि बढीनै हुने गरेकाछन् । कार्यालय प्रमुख बाहिर रहेको अवस्थामा कार्यालय प्रमुखको हस्ताक्षरकालागि कुरेर बस्नुपर्ने बाद्यता रहेको छ तर कार्यकारी अधिकृत गौतमले आफ्नो कार्यकक्षमा मानिसहरुको भीड भएको भन्दै रिसाउने गरेकाछन् ।

किन भीड लागेको तपाईहरु बाहिर जानुस भन्दै दुब्र्यवहार गर्ने गरेकाछन् । गौतम कार्यकारी अधिकृत भएर आएदेखि उनले रवाफ देखाउँदै आएकाछन् । उनले गर्ने दुब्र्यवहारप्रति नगरवासी निकै आक्रोशीत बन्दै गएकाछन् । जनताको सेवाकालागि आएका गौतमले जनताका अगाडी अनावश्यक रवाफ देखाउन थालेपछि स्थानीय नगरवासी आक्रोशीत बनेकाछन् । सेवाग्राहीप्रति गर्ने ब्यवहार सुधार नगरेमा कालोमोसो लगाएर बजार परिकर्मा गराउने चेतावनी दिएकाछन् ।

कार्यकारी अधिकृत गौतमको कार्यशैलीका कारण आम सेवाग्राहीमात्र नभई स्वयम कर्मचारी र जनप्रतिनिधिहरु पनि सन्तुष्ट छैनन् । विभिन्न बाहाना बनाएर कर्मचारीहरुलाई समेत दुःख दिने गरेकाछन् । कर्मचारीहरुसंगको समन्वयको अभावमा उप–महानगरपालिकाको कार्यसम्पादनमा समेत समस्या देखिएको छ । छिटो हुने कामलाई पनि विभिन्न बाहान बनाएर ढिलाई गर्ने गरेकाछन् ।

कार्यकारी अधिकृत अथवा नगरप्रमुखबाटै हुनसक्ने कामलाई पनि बोर्डमा लैजानुपर्ने भन्दै काममा ढिलाई हुने गरेको छ । कार्यकारी अधिकृतको असहयोगका कारण नगरको काम समेत प्रभावित हुने गरेको जनप्रतिनिधिहरु बताउँछन् । कार्यकारी अधिकृतलाई सरुवा गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ । उनको असयोगले जनप्रतिनिधिहरु समेत समस्यामा परेकाछन् ।

कार्यकारी अधिकृत गौतमले उप–महानगरपालिकामा विज्ञापन एजेन्सी दर्ता गरेपनि स्थानीय एजेन्सीहरुलाई विज्ञापन उपलब्ध नगराएर मोटो कमिशन लिएर काठमाण्डौका एजेन्सीसंग सम्पर्क गरेर आफै विज्ञापन छपाउने गरेको गुनासो पनि बढेको छ । सूचना शाखालाई कुनै पनि जानकारी नगराएर विज्ञापन आफै डिल गर्ने गरेकाछन् ।

विज्ञापन छपाउने कुरामा त आफै सहभागि भएर कमिशन लिन्छन भने विकास निर्माणबाट आउने रकममा कति रकम दुरुपयोग गर्छनहोला भन्दै प्रश्न उठेको छ । कार्यकारी अधिकृत गौतमले गरेको सेवाग्राहीप्रतिको ब्यावहारका बारेमा जनगुनासो बढेकोले यस बारेमा जानकारी लिन उप–महानगरपालिका पुग्दा कार्यकारी अधिकृत गौतमले आफू बैठकमा जान लागेको भन्दै हिँडेका थिए ।

गौतमले जनताप्रति गरेको ब्यावहारका बारेमा जनगुनासो बढेको सम्बन्धमा नगरप्रमुख नृप वडसंग जानकारी लिँदा आफूलाई पनि यस बारेमा जनगुनासो सुनेकाले यसका बारेमा जानकारी लिने बताउनुभयो । जनताको सेवाकालागि बसेका हौँ हामी कुनै शासक होईन जनताको सेवक हौं जनतप्रति सवैले नम्र ब्यवहार गर्नु हाम्रो कर्तब्य हो – नगरप्रमुख वडले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्