मेसीको ४ सयौं खेलमा जित



मेड्रिड, (एजेन्सी) । लियोनल मेसीले बार्सिलोनाको तर्फबाट उनको ४ सयौं खेलमा जित दिलाउँदा ला लिगाको शीर्ष टोलीले नौ अंकको अग्रता लिएको छ ।
आईतबार नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोलअन्तरले हराएको हो । मेसीले १२ औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । यो उनको ३ सय ६५ औं ला लिगा गोल समेत थियो । लुइस स्वारेजले ३८ औं मिनेटमा र पाउलिन्होले इन्जुरी समयमा गोल गर्दा बार्सिलोनाले जित हात पारेको थियो ।
अर्को खेलमा रियल मेड्रिड सेल्टा भिगोसँग २–२ बराबरीमा रोकिएपछि बार्सिलोनासँग १६ अंकले पछि परेको छ । १८ चरणको खेलपछि ला लिगा च्याम्पियन रियल मेड्रिड चौथो स्थानमा छ भने बार्सिलोना ४८ अंकसहित शीर्ष स्थानमा जमेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मेड्रिडको ३९ अंक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्