अस्ट्रेलियाको ४–० ले एसेस सिरिजमा जित



सिड्नी, (एजेन्सी) । पाँचौं टेस्ट एक इनिङ र १ सय २३ रनले जितेर अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको एसेस टेस्ट सिरिज ४–० ले हात पारेको छ ।
यसअघि नै लगातार तीन टेस्ट जितेर अस्ट्रेलियाले एसेस ट्रफीमा पुन कब्जा जमाएको थियो । मेलबर्नमा भएको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो । सोमबार पाँचौ दिन सिडनी क्रिकेट मैदानमा इंग्ल्यान्डको दोस्रो इनिङ १ सय ८० रनमै सिमित भएको थियो । जसमा जोए रूटले सर्वाधिक ५८ रन जोडे । अस्टे«लियाले पहिलो इनिङमा ७ विकेटको क्षति बेहोरेर ६ सय ४९ रन बनाएको थियो ।

जवाफमा इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ४६ रन बनाएर फ्लो अनमा परेको थियो । टेस्टमा एउटा इनिङमा २ सय भन्दा बढी रनले पछि परेमा फ्लो अनमा पर्ने प्रावधान रहेको छ ।

इंग्लिस कप्तान सोमबार बिहान नै ग्यास्ट्रिकले गर्दा डिहाइडे«सन भएपछि अस्पतालमा उपचार गर्न गएका थिए । तर एक घण्टापछि मैदानमा आए पनिे ब्याटिङमा निरन्तर दिन नसक्दा लन्चपछि उनी रिटायर्ड भए । रूटको अनुपस्थितमा इंग्ल्यान्डले १२ रनको लागि तीन विकेट गुमाए । अस्ट्रेलियाको तर्फबाट प्याट कमिन्सले ३९ रन खर्चेर चार विकेट लिएका थिए ।

उनले म्याचमा कूल १ सय १९ रन दिएर ८ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्