आर्मी र सशस्त्र प्रहरी विजयी



नेपाल समाचारपत्र
काठमाडौं
१६औं राष्ट्रिय महिला फुटबल लिगको सुपर लिगमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्यो। आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइबाले समान दुई–दुई गोल गरे।

त्यसैगरी सशस्त्रले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई ९–० को फराकिलो गोलअन्तरले हरायो। सशस्त्रका लागि साबित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिईन्। यसैगरी अनिता बस्नेतले दुई तथा रेखा पौडेलले एक गोल गरिन्। साबित्राले चार खेलबाट आफ्नो गोलसंख्या २७ गोल पुर्याइकेकी छिन्। हाल ३ विभागीय र सुदूरपश्चिमाञ्चलबीच सुपर लिग भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्