किमसँग वार्ता गर्ने चाहना



वासिंटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोन वार्ता गर्न चाहेको बताएका छन्। उनले अर्को हप्ता दक्षिण र उत्तर कोरियाबीच हुने वार्ताले कोरियाली प्रायद्विपमा तनावमा केही कमी आउने अपेक्षा पनि गरेका छन्। क्याम्प डेविडमा आयोजित एक प्रेस सम्मेलनमा ट्रम्पले आफू सधैँ वार्तामा विश्वास गर्ने र किमसँग सिधै वार्ता गर्नमा आफूलाई कुनै समस्या नहुने बताएका थिए। तर उनले वार्ताका लागि केही सर्त पहिल्यै तय हुने प्रष्ट पारे। उनले दुई कोरियाली वार्तासित ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको दायराभन्दा अगाडि बढ्नेमा आफू आशावादी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्