ट्वाइलेट फोहर गरेपछि विमान रोक्न बाध्य



सिकागो, (एजेन्सी)
सिकागोबाट हङकङका लागि उडानमा रहेको एक यात्रुवाहक विमानको २ ट्वाइलेट फोहरले भरिएपछि त्यसलाई अलास्का लानुपरेको अधिकारीहरूले बताए। उक्त विमानमा २ सयभन्दा धेरै यात्री सवार थिए।

युनाइटेड एरयलाइन्सको उक्त उडानमा एक यात्रीले ट्वाइलेटको चारैतिर दिसा छरेपछि विमानलाई अलास्काको एनकोरेज हवाइ अड्डामा अवतरण गराउनुपरेको हो।

भियतनामी मुलका ती अमेरिकी नागरिकले कुनै प्रकारको धम्की भने नदिएको प्रहरीले बताए। विमानमा त्यसतो के घटना भएको थियो र अलास्कामा लिएर गयो भन्ने विषयमा अहिले सम्म स्पष्ट हुन नसकेको जनाइएको छ। एनकोरेज विमानस्थल प्रहरी प्रवक्ता लेफ्टिनेन्ट जोइ गामाचेले भने– ‘हामीले एक यात्रीका सम्बन्धमा सूचना पाएका थियौं, उसले बाथरुममा फोहर छरपरस्ट पारेका थिए।’

२२ वर्षीय ती यात्रीको नाम सार्वजनिक गरिएको छैन। यात्रीले जाँचमा पूर्णसहयोग गरेको र उनी विरुद्ध कुनै पनि आपराधिक गतिविधि नदेखिएको प्रहरीले बताए। ती यात्रीलाई एनकोरेज विमानस्थलमा विमानबाट ओराले प्रहरीले हिरासतमा लिएको बताइएको छ।
प्रहरीले एक अनुवादकको सहायताबाट ती यात्रीको अन्तरवार्ता लिएको र उनलाई मानसिक स्वास्थ्यको जाँचका लागि अस्पतालमा लगोको एनकोरेज टेलिभिजन केटीयुयुले जनाएको छ।

युनाइटेड एयरलाइन्सले जारी गरेको एक विज्ञप्तीमा २ सय ४५ यात्रुसहितको उडान संख्या युए ८९५ लाई एक यात्रीले समस्या गरेको कारण मार्ग परिवर्तन गर्नु परेको उल्लेख गरेको छ। विमानमा यात्रा गरिरहेका अन्य यात्रीहरूलाई अस्थायी रूपमा बस्न होटलको व्यवस्था गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्