कान्तिपुर विरुद्ध मुद्दा



काठमाडौं, (नेस)
व्यवसायी अजय राज सुमार्गीले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ। उहाँले २५ करोड रुपियाँ क्षतिपूर्ति भराउन पनि माग गर्नुभएको छ।

व्यवसायी सुमार्गीले कान्तिपुर पब्लिकेसन प्रालिले आफ्नो मानहानी गर्ने गरी समाचार प्रकाशित गरेको भन्दै पब्लिकेसन, प्रबन्ध निर्देशक स्वस्तिका सिरोहिया र प्रधान सम्पादक सुधिर शर्माविरुद्ध समेत मुद्दा दायर गर्नुभएको हो।

पुस ९ गते कान्तिपुर पत्रिकाको पहिलो पृष्ठमा सुमार्गीको २२ अर्ब अवैध शीर्षकमा समाचार प्रकाशित गरेपछि थाहा सञ्चार प्रालिका अध्यक्षसमेत रहनुभएका सुमार्गी र कान्तिपुर पब्लिकेसनबीच द्वन्द्व बढेको थियो। व्यवसायी सुमार्गीले आफ्नो ज्यान खतरामा रहेको भन्दै यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदनसमेत दर्ता गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्