पार्टी एकता निरपेक्ष हुँदैन – सचिव गुरुङ



नेपाल समाचारपत्र, लमजुङ ।
सम्मानित हुनुहुनेमा एमालेका केन्द्रीय सचिव एवम् लमजुङको प्रदेशसभा ख बाट निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रसँग हुने पार्टी एकीकरण निरपेक्ष हुन नसक्ने बताउनु भएको छ । अनेम संघ बेसीशहर नगर समितिले आयोजना गरेको एमालेको टिकटबाट प्रदेशसभामा निर्वाचित लमजुङका सांसदहरूलाई स्वागत एवम् सम्मान कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यका क्रममा सो धारणा राख्नु भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्र्दै सांसद गुरुङले पार्टी एकता हुन्छ तर त्यो काँक्रा चिरेर बराबर भाग लगाएको जस्तो निरपेक्ष हुँदैन भन्नुभयो । उहाँले माओवादीलाई राष्ट्रपति वा सभामुख दिन सकिने तर्क गर्दै दुई नेताका विचमा नै सहमति भए फकर हो अन्यथा सोेचे झैँ हुने छैन भन्नुभयो । पार्टी एकीकरणका लागि कम्तिमा दुई महिनाको समय लाग्ने बताउँदै उहाँले केन्द्रदेखि प्रदेश, जिल्ला, नगर र गाउँ कमिटीसमेत के कसरी गर्ने भन्ने सहमति विच टुंगिनु पर्छ भन्नुभयो । उहाँले २ सय पाँच जनाको एमालेको केन्द्रीय समिति र ४ हजार जनाको माओवादीको केन्द्रका विचमा के कसरी सहमति हुन, केन्द्रीय समिति कति जानको बताउनु भन्ने टुंगो लाग्न बाँकी रहेको बताउनु भयो ।

यसैगरी, उहाँले एमालेले समानुपातिकका ७४ जना सांसदमध्ये ७० जना त महिलामात्र चयन गर्नु परेको तीतो यथार्थ स्मरण गर्दै समानुपातिकको कोटा महिलाहरूका लागि मात्र होइन तर यसपटक त्यस्तो भयो । आउँदो निर्वाचनमा पुरुष सरह बारबर संख्यामा निर्वाचन जित्ने हुनु सक्ने गरी क्षमता अभिवृद्धि गर्न महिलालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो समानुपातिक पुरुषका लागि पनि हो, जनजाति अल्पसंख्यक सबैका लागि हो तर यहाँ महिलाका लागि मात्र जस्ते हुन गयो । यो राम्रो होइन उहाँले भन्नुभयो ।

प्रदेश ४ को मुख्यमन्त्री बन्ने समेत आंकलन गरिएको गुरुङले अर्को एक प्रसंगमा भारत नेपालको व्यवस्थापनमा चासो राख्दै हावी हुने गरेको बताउनु भयो । उहाँले निर्वाचन आयोगका प्रमुख आयुक्त भारतीय एजेन्ट भएका कारणले गर्दा भारतको निर्देशनमा समानुपातिकको नजिता सार्वजनिक गर्न बहाना गरिरहेको दावी गर्नु भयो । उहाँले राष्ट्रिय सभाको निर्वाचन नभई नयाँ सरकार गठन गर्न हुन्न भनेर संविधानको कुन धारामा लेखिएको छ ? भन्ने प्रश्न गर्दै यसको कारण भारतीय हस्तक्षेप हो, एमाले राष्ट्रवादी पार्टी भएको हुँदा त्यस्तो कार्य सैह्य नहुने बताउनु भयो । वामगठबन्धनको सरकार गठनमा २– ४ दिन ढिला भएता पनि यसलाई कसैले रोक्न नसक्ने उहाँको दावी थियो ।

त्यस्तै, समानुपातिकका सांसद मायानाथ अधिकारीले पार्टीमा लामो समय काम गरेपनि जनप्रतिनिधि हुने मौका पहिलो पटक पाएको छु अब काम गरेर देखाउने बेला आएको छ भन्नुभयो । उहाँले तपाईहरूले पार्टीलाई जिताउनु भएका कारणले यो पद पाएँ तर यो तपाईहरू सहित सबै जिल्लाबासीको जीत हो भन्नुभयो ।

यसैगरी, प्रदेश सभा कका सांसद धनञ्जय दवाडीले तपाईहरूको विश्वासलाई जीवन्त राख्ने र मतको बदनाम नगरी कदर गर्ने, इमान्दार बनेर काम गर्नेछु प्रतिवद्धता व्यक्त गर्छु भन्नुभयो । उहाँले महिलालाई राजनीतिमा सक्रिय हुँदै नेतृत्व लिन सफल हुनुहोस् भन्ने कामना गर्नु भयो ।

त्यसैगरी, एमालेको जिल्ला उपाध्यक्ष समेत रहनु भएका बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले तपाई हाम्रो चाहना पुरा भएको छ, स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म एमालेको बहुमत सहितको सरकार बन्दैछ अब इमान्दार पूर्वक काम गर्ने अब आउने चुनावमा पार्टीलाई सहज हुने गरी काम गर्नु पर्छ हामी गर्नेछौँ भन्नुभयो ।

नेमसंघका नगर अध्यक्ष पवित्रा थापा रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रेणुका बहोराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्