एकता संयोजन समिति बैठक स्थगित



नेपाल समाचारपत्र, काठमाडौँ ।
आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक बस्न सम्भव नभएको बताइएको छ ।

केही दिनदेखि चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएपछि बैठक बस्न ढिलाई भएको हो ।

उनी काठमाडौं आएपछि राजनीतिक भेटघाट हुने सम्भावना भने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालय र प्रचण्डको निजी सचिवालयले दुई अध्यक्षहरूबीच भेट हुने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्