काउन्टिन्हो बार्सिलोना जाने पक्का



लण्डन । बार्सिलोनाले लिभरपुलका मिडफिल्डर काउन्टिन्होलाई १४.२ करोड पाउण्डमा खरिद गर्ने भएको छ । लिभरपुलले २५ वर्षीय खेलाडीका लागि शुरुवातमै १०.५ करोड पाउण्ड पाउने छ । यो बेलायतका लागि किर्तिमान हो ।

ब्राजिलियन प्लेमेकरले नाउ क्याम्पमा साढे पाँच वर्षको करार गर्नेछन् । उनको बाईआउट क्लज ३५.५ करोड पाउण्डको हुनेछ ।काउन्टिन्हो सन् २०१३ को जनवारीमा ८५ लाखमा एन्टर मिलानबाट लिभरपुल आएका थिए ।

काउन्टिन्होलाई किन्न बार्सिलोनाले खर्चेको रकमभन्दा अघि पेरिस सेन्ट जर्मेनले नेयमारका लागि खर्चेको २० करोड पाउण्ड र कायलिन एमबापेका लागि १६.५७ करोड पाउण्ड रहेका छन् ।पछिल्लो ट्रान्सफर रिक्वेस्टमा लिभरपुलले बार्सिलोनाको तीनवटा अफर अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्