मन पग्लिने कहिले ?



मुलुकभर चिसोको प्रकोप बढेपछि धेरै ठाउँको जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । मुलुक फरक–फरक भौगोलिक बनावटमा बाढिएपनि, सीमा छुट्याएपनि चिसो भने बाढिएको छैन । अर्थात् चिसोले हिमाल, पहाड, तराई अनि सुगम र दुर्गभ भेग कतै छुट्याएको छैन ।

तुलनात्मक रुपमा चिसोले तराई अझ बढि प्रभावित छ । तराईमा पनि वर्षाद्को समयमा डुवानमा परेका वस्तीका स्थानीयले झनै सास्ती व्यहोर्नु परेका खवर धरहराले सुन्न थालेको छ । चिसोले कठाङ्ग्रिदाँ अशक्त, बालबालिका र जेष्ठ नागरिक प्रत्यक्ष प्रभावित बनेका छन् । धेरै विरामी भएका छन् ।

केही मनकारी व्यक्तिहरु न्यानो कपडा र राहत वितरणमा समेत खटिन थालेका खवर आइरहेका छन् । सरकारको सहयोग प्रसंशा गर्न लायक भेटिदैन । अनि त्यहि मधेशको मत पाएर विजयी बनेका नेताहरु त्यस्तो खवरको विषयमा कहिँ कतै नजोडिएको देख्दा धरहरा छक्क पर्न थाल्या छ । सूर्य चिन्ह्र वहाक नेताहरु तराईको भोटले विजयी बनेर बामदल मिलाउन र सरकार गठनको दौडधुपमा काठमाडौंमा व्यस्त हुँदा तराईको चिसोले नछोएको भन्ने चर्चा समेत हुन थालेको छ ।

अन्य दलका नेता कुन दुलो पसे ? काम चलाउ नै भएपनि वर्तमान सरकारले थोरै भएपनि गुन लगाउँदा त प्रसंसै बटुल्थ्यो होला । कि मन्त्री क्वाटर र मन्त्रालयमा अझै चिसोले नछोएर पो हो कि ? धरहरा बुझ्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्