एनसेलद्वारा फोरजी सेवा विस्तार



नेपाल समाचारपत्र
काठमाडौं
एनसेलले आफ्नो फोरजी अर्थात लङ टर्म इभोलुसन (एलटिई) सेवा लाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ। यहि आइतबार पौस २३ देखि दुई शहरमा फोरजी सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

सेवाविस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि द्रुत गतिको मोबाइल ब्रोड ब्यान्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन्। यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढी जनसंख्यामा पुगेको छ।

‘अझधेरै मानिसलाई नयाँ प्रविधिमा आधारित मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच सुनिश्चित गर्दै, थप २ शहर लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौं,’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भन्नुभयो–‘राष्ट्रिय ब्रोडब्यान्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउँदै, आफ्नो प्रतिबद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढीमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौं।’

जेठ १८ देखि शुरू भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका ,नगरकोट, बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, बिर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, वीरगन्ज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा उपलब्ध छ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरिरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग १ रुपियाँमात्रै शुल्क तिरेर साट्न सक्छन्। यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन। साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन्। प्राप्तडेटा ३ दिनको लागि मान्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्