बाल यौन दुराचारी



बर्लिन, (एजेन्सी)
भारतीय बच्चालाई यौन उत्पीडन गरेको ओरोप लागेका एक जर्मन व्यक्तिलाई बर्लिनको एक अदालतमा पेस गरियो। उनीमाथि भारतमा काम गर्ने क्रममा कम्तीमा ६ बच्चालाई बलात्कार गरेको आरोप लगाइएको छ। ५९ वर्षीय कार्ल हाइज एनलाई सन् १९९६ मा थाइल्यान्डको एक अदालतले पनि नाबालिका विरुद्धको यौन अपराधमा दोषी ठहर्याएको थियो। जर्मनीमा कार्ल हाइजको बर्लिनस्थित फ्ल्याटमा जाँच अधिकारीहरूले एक हार्ड ड्राइभबाट २ लाख ५० हजारभन्दा धेरै बच्चाहरूको अश्लील तस्वीर र भिडियो बरामद गरेको टेलिभिजन च्यानल आरबीबीले जनाएका छ।

प्रतिक्रिया दिनुहोस्