महिला पुरुष समान



रेक्ज्याविक, (एजेन्सी)
आइसल्यान्डले पुरुषलाई महिला कर्मचारीको भन्दा अधिक तलबमान दिनुलाई अवैध ठहर्याएको छ। असमान ज्यालाको प्रावधानलाई खारेज गर्ने आइसल्यान्ड विश्वकै पहिलो मुलुक बनेको छ। २५ भन्दा धेरै कर्मचारी राख्ने कम्पनी तथा सरकारी एजेन्सीहरूले समान तलबमानको नीतिका लागि सरकारसँग प्रमाणपत्र लिनुपर्ने नयाँ कानुन ल्याएको छ। यदि समान तलबमानमा सञ्चालन नभएको पाइएमा ती कम्पनीहरूले जरिवाना तिर्नुपर्नेछ। महिला र पुरुषलाई समान तलबमान हुनुपर्ने व्यवस्था दशकौंदेखि भए पनि त्यसको पालना हुन नसककेको र अहिले त्यसको अन्तर बढेको महिला अधिकार संगठनका सदस्य डेग्नी अस्कले बताए।

प्रतिक्रिया दिनुहोस्