सीमा विवाद



बेइजिङ, (एजेन्सी)
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआंगले भारतको अधीनमा रहेको अरूणाचल प्रदेशको अस्तित्वलाई स्वीकार नगरेको र उक्त भूभाग दक्षिण तिब्बतको हिस्सा भएको बताएका छन्। अरूणाचलमा चिनियाँ सैनिक प्रवेश गरेको विषयमा उठेको विवादका क्रममा एक प्रश्नको जवाफमा उनले उक्त कुरा बताएका हुन्। चिनियाँ सैनिक अरूणाचल प्रदेशको सियांग जिलामा २ सय मिटरसम्म भित्र छिरेका थिए। भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)को ३ हजार ४ सय ८८ किलोमिटर सीमामा विवाद रहेको छ। निर्माण साधनसहित प्रवेश गर्न खोजेका चिनियाँ सैनिकलाई भारतीय सैनिकले रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्