सर्वनाममा दश मिनेट



सर्वनाम थिएटरको आयोजना राजधानीका तेस्रो देशव्यापी दश मिनेट नाटक मेला शुरु भएको छ। शुक्रबार राज शाह निर्देशित राजेन्द्र सलभको कवितामाथि बनाइएको नाटक कलम र बन्दुकबाट शुरू भएको नँटक मेलामा माधवप्रसाद बन्जोरको लेखक को ?, प्रियंका झा निर्देशित मैथिली नाटक कथानह भेटल मञ्चन भएको छ।

राज शाहले द्वन्द्वकालको कथामा बुनिएको नाटकलाई काव्य शैलीमा प्रस्तुत गरेका थिए भने लेखकको कुष्ठालाई उठाइएको थियो। त्यस्तै रोशनको नाटकमा मानवीय व्यवहार तथा विचार फरक–फरक विचार हुन्छन् भन्ने देखाउन खोजिएको थियो। त्यस्तै प्रियंका झाको मैथिली नाटक कथा नही भेटलमा मधेसमा रहेको दाइजो प्रथामाथि बनेको थियो।

शुक्रबारको महोत्सव शुभारम्भ सत्रमा बोल्दै सर्वनामका निर्देशक अशेष मल्लले आफूले युवा अवस्थामा नाटक गर्ने स्पेस नपाएर धेरै छटपटाउनुपरेकाले दश मिनेट नाटक मेलाको आयोजना गरेको खुलाए। उनले नयाँ पुस्तालाई अब आफ्नो पुस्तासँग सहकार्य गरेर अगाडि बनाउने प्रतिबद्धता जनाए। त्यस्तै अभिनेता तथा रंगकर्मी टीका पहाडीले आफ्ना पुराना दिनमा रंगमञ्चको अभावले भौतारिन परेको स्मरण गर्दै सर्वनामले १० मिनेट नाटक मेला आयोजना गर्नु एकदमै सराहनीय रहेको जनाए। उनले यस्ता कार्यक्रमले युवा रंगकर्मीलाई नाटक गर्न उत्साहित गर्नमात्र नभई नयाँ दर्शक बढाउन पनी सहयोग गर्ने बताए।

देशव्यापीरूपमा आयोजना गरिएको यो नाटकमा करिब दुई दर्जन नाटक मञ्चन हुने आयोजकले जनाएका छन्। शुक्राबारदेखि शुरू भएको नाटक मेला आगामी पुस २४ गतेसम्म हरेक दिन साँझ ४ः३० बजे सर्वनाम
थिएटरमा चल्नेछ।

प्रतिक्रिया दिनुहोस्