थाइल्यान्डमा योनी र लिंग गोरो बनाउने फेसन



बैंकक, (एजेन्सी)
केही समय यता थाइल्यान्डका पुरुषहरूमा आफ्नो लिंगको रंग गोरो बनाउने गजबको धुन सवार भएको छ। यसले थाइल्यान्डको सौन्दर्य व्यवसाय हदैसम्म फस्टाएको प्रमाणित गरेको छ। हुन त अन्य एसियाली मुलुकहरूमा पनि छाला गोरो बनाउने फेसन कुनै नौलो विषय होइन।

गरिबीको कारण खुल्ला घाममा मजुदरी गर्नुपर्दा मानिसहरूको शरीरको छालो डढेर कालो हुने गर्दछ। यसरी लिंगको छाला गोरो बनाउने उपचार गरिँदै गरेको एउटा क्लिनिकको क्लिप अनलाइनमा पोस्ट गरिएपछि भाइलर भएको छ।

फलस्वरूप थाई स्वास्थ्यमन्त्रालयले यस्तो उपचार विधि विरुद्ध चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ। यस्तो उपचार लिएका १ जना ३० वर्षीय बिरामीले बीबीसीलाई बताएका छन्, ‘स्विमिङ कस्टुयुम लगाउँदा थप आत्मविश्वास प्राप्तीका लागि मैले यो उपाय अपनाएको हुँ। मैले पहिलो चरणको उपचार २ महिनाअघि गराएको थिएँ।

मेरो शरीरमा पक्कै पनि सकारात्मक परिवर्तन पाएको छुँ।‘फेसबुकमा पोस्ट भएको क्लिनिकको उक्त तस्वीर २ दिनमै १९ हजार पटकभन्दा धेरैचोटि सेयर भएको छ। यस्तो सेवा उपलब्ध गराउने लेलुक्स हस्पिटलका बजार व्यवस्थापक पोपोल तान्साकुलले बीबीसीलाई भन्छन्– ‘४ महिनाअघिदेखि हामीले महिलाहरूलाई योनी गोरो बनाउने सेवा उपलब्ध गराउँदै आएका छौं। ५ चरणको लेसर विधिका लागि ६ सय ५० अमेरिकी डलर खर्च लाग्दछ। लिंग र योनीको रंग बदल्न म्यान्मार, क्याम्बोडिया र हङकङदेखि मानिसहरू आउने गरेका छन्। हामीले दिनमा अहिले २० देखि ३० जनालाई यो सेवा प्रदान गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्