जातिवादी कार्यक्रमको भत्सर्ना



टोकियो, (एजेन्सी)
जापानको एउटा टेलिभिजन कार्यक्रममा एडि मर्फीको नक्कल गर्ने क्रममा एकजना कमेडियनलाई अनुहारमा कालो पोत्न लगाएको घटनालाई लिएर धेरैले जातिवादी र साँस्कृतिक असंवेदनशीलताको आरोप लगाएका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा प्रशारित सो कार्यक्रममा चर्चित कमेडियन हामादा आफ्नो मुखमा कालो पोतेर विभर्लि हिल्स कोप परोडिमा प्रस्तुत भएका थिए। यसरी जानीजानी अनुहारमा कालो पातेर ती कलाकारले काला जातिलाई होच्याउन खोजेको भन्दै अधिकांश दर्शकले उक्त कार्यक्रमको आलोचना गरेका छन्।
केही दिनदेखि यसै विवादलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ। जापानमा १३ वर्षदेखि बस्दै आएका काला जातिका अमेरिकी लेखक तथा स्तम्भकार बाय म्याकनेलले ट्विटरमार्फत यस विषयमा जनताको ध्यानाकर्षण गर्न खोजेका हुन्।

उनले काला जनतालाई उपहास वा समर्थन गर्नु आवश्यक नरहेको भन्दै वकालत गरेका छन्। उनले यस्ता कार्यक्रमका लागि जापानी भाषा बोल्न सक्ने काला कलाकार नै प्रयोग गरिनुपर्ने विचार पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्