सिद्वारा सम्बोधन



बेइजिङ, (एजेन्सी)
चिनियाँ राष्ट्रपति सि जिन्पिङले बुधबार बिहान हजारौं चिनियाँ फौजको शक्ति प्रदर्शनको क्रममा सैनिक सम्बोधन गरेका छन्। उत्तरी हेवेइ प्रान्तमा ७ हजार सशस्त्र सैनिक अधिकारीलाई सम्बोधन गर्ने क्रममा सिले तिनीहरु राष्ट्रको कम्युनिस्ट मूल्यका लागि लड्ने भएकाले दुःख वा मृत्युसँग डराउन नहुने बताएका छन्। सो सम्बोधन त्यहीबेला राष्ट्रका विभिन्न सैनिक अखाडामा रहेका अन्य ४ हजार स्थल, जल र हवाइ सेनासमक्ष पनि पुर्याइएको सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ। उनले सेनाले वैज्ञानिक ढंगले पनि तालिम दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्