राष्ट्र संघलाई पत्र



तेहरान, (एजेन्सी)
इरानले देशमा भइरहेको सरकार विरोधी प्रदर्शनलाई समर्थन दिएर अन्तर्राष्ट्रिय सम्बन्धको सबै हद पार गरेको अमेरिकामाथि आरोप लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको बेतुक ट्विटले व्यवधान बढाएको पनि जनाएको छ। इरानी राजदूत घोलामाली खोसरुले संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई एक पत्र लेखी अमेरिकाले इरानको आन्तरिक मामिलामा भद्दा ढंगले हस्तक्षेप गरिरहेको उजुरी गरेका छन्। ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले व्यक्तिगत रूपमा समास्या उत्पन्न गराइरहेको उनले बताए। राजदूतले संयुक्त राष्ट्र सुरक्षा परिषद्का अध्यक्ष र संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुटेरेजलाई उक्त पत्र पठाएको हो।

प्रतिक्रिया दिनुहोस्