कान्छीको ज्यान दाउमा



नायिका तथा निर्मात्री श्वेता खड्को निर्माणमा बनेको फिल्म कान्छीको दोस्रो गीत बिहीबार सार्वजनिक भएको छ। यो ज्यान दाउमा लाउने मैले तिम्लाई मात्र हो बोलको यो गीतको भिडियोमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाहलगायतलाई फिचरिङ गरिएको छ।

धम्रेन्द्र सेवानको श्वर र अर्जुन पोखरेलको संगीत रहेको मेलोडियस गीतमा शब्द रचना दयाराम पाण्डेको रहेको छ। वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। आकर्षक लोकेसनमा खिचिएको यो गीत दर्शनीय बनेको छ। फिल्म आकाश अधिकारीले निर्देशन गरेका हुन्।

शैलश खड्कासमेत निर्माता रहेको फिल्ममा दयाहाङ, श्वेता, अशान्त, कामेश्वर, अनुका साथमा प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, रमेश अधिकारी, जयनन्द लामा, नीर शाह, भूमिका श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

फागुन ४ गते अल नेपाल रिलिज हुन लागेको फिल्ममा लेखन याम थापा र द्वन्द्व हिमाल केसीको रहेको छ। फिल्म बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

यसअघि सार्वजनिक कान्छीकै चरी चट्ट बोलको गीतको भिडियो ७२ लाख ५० हजार बढीले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्