प्रलय ल्याउन सक्ने रुसको जासुसी जहाज यनतार



लन्डन, (एजेन्सी)
विश्व अमेरिकापछि दोस्रो ठूलो सैन्यशक्ति रुस आफ्ना आधुनिक हतियार र शत्रुको निगरानी गर्ने शक्तिशाली उपग्रहबाट सुसज्जित रहेको छ। रुसको सैन्यबलकम अहिले अर्को एउटा जासुसी जहाज समावेश भएको छ। जसको नाम रुसको एक भूउपग्रह कार्यक्रम ‘यनतार’ राखिएको छ। रुसी नौसेनासँग जासुसी जहाज पहिला पनि थियो तर यनतार ती सबैभन्दा अलग्ग र शक्तिशाली बताइएको छ।

पानीभित्रै यात्रा गर्न सक्ने श्रेणीको रिमोटबाट चल्ने पनडुब्बीसहितको यनतारलाई कुनै पनि स्थानबाट सञ्चालन गर्न सकिन्छ। गत महिना बेलायती सेनाले एक चेतावनी जारी गर्दै यनतारको माध्यमबाट रुसले सञ्चार रोक्न र रोकावट ल्याउने क्षमता हासिल गरेको उल्लेख गरेको थियो। किनभने यसले समुद्रमा रहेको तारहरु काट्न सक्छ।

बेलायत रक्षा कर्मचारीका प्रमुख एयरचिफ मार्सल सर स्टुअर्ट पिचका अनुसार इन्टरनेट र बाँकी सञ्चार तारहरुमा त्यस्तो हमला प्रलय ल्याउने खालको हुनसक्छ।

नेटोले समुद्रको पिँधमा सेनाको कामका लागि तार बिछइएका छन्। तीबाहेक पृथ्वीका सबै भूभागलाई जोड्ने फाइबर अप्टिक तारका जालो रहेको छ। लन्डनमा रुसी सेनाका विज्ञ इगोर सुचेगेनले भने– ‘रुससँग ती तारलाई बिगार्ने क्षमता छ, यद्यपि रुसले कुनै बेला त्यस्तो गरेको कुनै प्रमाण छैन। रुसको संसदीय प्रतिवदेनमा यनतार आफ्नो पनडुब्बी गुणको माध्यमबाट लुकेर त्यस्तो काम गर्न सक्ने उल्लेख गरेको छ।’

यनतारसँग समुद्रको भित्र गहिराइसम्म गएर निगरानी गर्ने साधन छ। त्योबाहेक अत्यन्तै गोप्य सञ्चार केबलसँग जोड्न सक्ने यन्त्र पनि रहेको बताइएको छ।

सन् २०१५ देखि काम थालेको यनतार ३ सय ४५ फिट लामो जहाज हो, जसमा एक पटकमा ६० जनाले यात्रा गर्न सक्छन्। बाल्टिक पोर्टमा बनाइएको यनतार प्रोजेक्ट २२०११० को हिस्सा हो। यसमा चाँडै अल्माज नामक एक जहाज पनि थपिने भएको छ।

यनतारमा रुस र कन्सोल नामक दुई पनडुब्बी पनि छ, जसमा तीन जना बस्न सक्छ। यो पनडुब्बी समुद्रमा २० हजार फिटको गहिराइसम्म जान सक्छ। रुसको संसदीय रिपोटमा सन् २०१५ को गर्मीमा यनतारलाई अमेरिकाको जर्जिया नौसैनिक अड्डानजिक तैनाथ गरिएको उल्लेख गरिएको छ।

पेन्टागनका अधिकारीका अनुसार रुसले यनतारको माध्यमबाट अमेरिकी पनडुब्बी र समुद्री सेन्सरका बारेमा जानकारी हासिल गरिरहेको थियो। जर्जियको किंग्स नौसैनिक अड्डामा ६ ब्यालेस्टिक मिसाइल पनडुब्बी राखिएको र हरेकमा २४ वटा परमाणु क्षेप्यास्त्र रहेको नोभल टेक्नोलोजी वेबसाइटमा प्रकाशित एक समाचारमा उल्लेख गरिएको थियो।

अहिले यनतार अर्जेन्टिनाको बेपत्ता पनडुब्बी खोज्न सहयोग गरिरहेको छ। अर्जेन्टिनाको उक्त पनडुब्बी गत वर्ष नोभेम्बर १५ मा बेपत्ता भएको थियो। त्यसमा रहेका ४४ चालक दलका सदस्यका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

यसअघि पनि यनतारलाई खोजी तथा उद्धार कार्यमा प्रयोग गरिएको छ। रुसको संसदीय प्रतिवेदनमा सन् २०१६ मा सिरियाली युद्धका क्रममा मेडिटेरियन समुद्रमा दुर्घटनाग्रस्ट दुई रुसी फाइटर जेट यनतारले फेला पारेको उल्लेख गरिएको थियो।

यनतारको सहायताबाट दुई विमानमा रहेका केही गोप्य यन्त्र बचाउन सकेको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्