आगलागीबाट बालबालिकासहित चार जनाको ज्यान गयाे



मुम्बई । मुम्बई सहरमा बिहीबार आगलागी भएको छ । आगलागीमा परी दुई बालबालिसहित चार जनाको ज्यान गएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो । आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेको जनाइएको छ ।

मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगो लागेको थियो । भवनको तल्लाे तलामा रहेको परिवारका सदस्यले ज्यान गुमाएका हुन् । आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बइको प्रकोप व्यवस्थापन विभागले जनाएकाे छ।

मुम्बइमा डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परी १४ व्यक्तिको मृत्यु भएको थियो ।  मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक सातापछि आगलागीको घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस्