तीनपटक मूल्यवृद्धि गर्दा पनि निगमलाई घाटा



दीपेन्द्र थापा, काठमाडौं

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्दै आएको भए पनि नेपाल आयल नियमको घाटा कम भएको छैन। करिब एकमहिनाको अवधिमा तीनपटक इन्धनको मूल्यवृद्धि गरे पनि निगम घाटामुक्त भने हुन सकेको छैन।

स्वचालीत मूल्य सुची अनुसार मूल्य समायोजन भएकाले घाटा व्यावस्थापन गर्न सकिने अवस्थामै रहेको र विस्तारै घाटा व्यावस्थापन हुदैजाने निगमले जनाएको छ । जनवरी १६ तारिखसम्म निगमको मासिक घाटा २६ करोड ४० लाख रहने छ। हरेक अंग्रेजी महिनाको १ र १६ तारिख इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निगमलाई अन्तर्राष्ट्रिय मूल्यअनुसारको नयाँ मूल्यसूची पठाउने गरेको छ। विगतको महिनामा मूल्य बढेर आएको कारणले निगमको घाटामा बढेको हो।

अब सन् २०१८ को जनवरी १६ मा पनि मूल्यसूचीमा मूल्य बढेर आए निगमको घाटा झन् चुलिने निगमको दाबी छ।अघिल्ला महिना भने निगमको घाटा २३ करोड रहेको थियो भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि हुनु तथा नेपालमा औसतभन्दा धेरै परिमाणमा इन्धन खपत हुनु घाटा बढीको हुनु रहेको निगमले जनाएको छ।

डिजेल र ग्यास महँगोमा किनेर सस्तोमा बेच्दै आएको निगमले पेट्रोललगायत अन्य इन्धनमा नाफा राखे पनि घाटा हुँदै आएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपियाँ ३० पैसा, डिजेलमा प्रतिलिटर २ रुपियाँ ७१ पैसा घाटा हुँदा ग्यासमा मासिक ४६ करोड ४६ लाख, डिजेलमा ३७ करोड ४६ लाख रुपियाँ घाटा रहेको दाबी गरेको छ।

त्यस्तै निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपियाँ ८३ पैसा नाफा हुँदा मासिक १० करोड ८६ लाख रुपियाँ नाफा रहेको छ भने मट्टितेलमा प्रतिलिटर १५ रुपियाँको दरले मासिक ३ करोड २२ लाख रुपियाँ नाफा रहेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपियाँको दरले ७ करोड ९० लाख रुपियाँ नाफा र अन्तर्राष्ट्रियतर्पm २९ रुपियाँको नाफा दरले मासिक ३५ करोड ७४ लाख रुपियाँ नाफा रहेको निगमले जनाएको छ।

तीन प्रकारका इन्धनमा नाफा रहे पनि दुई वटा पदार्थमा घाटा बढी भएकाले त्यसले घाटाको परिपूर्ति गर्न नसकेको नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। उहाँका अनुसार निगमलाई मासिक २६ करोड ४० रुपियाँ घाटा रहेको छ।

इन्धनको खपतमा वृद्धि हुँदा निगमलाई अघिल्लो महिना २३ करोड रुपियाँ घाटा भएको थियो। भारतमा भन्दा नेपालमा पेट्रोल लिटरमा १८ रुपियाँ ६२ पैसा, डिजेल २४ रुपियाँ १२ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ९ रुपियाँ ४३ पैसा सस्तो रहेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने २१ रुपियाँ ७० पैसा सस्तो रहेको छ। भारतमा पेट्रोल खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय २० रुपियाँ ६२ पैसा, डिजेल १ सय ३ रुपियाँ १२ पैसा बिक्री हुँदै आएको छ।

आईओसीबाट निगमले भने झन्डै दोब्बर मूल्य कममा इन्धन खरिद गर्दै आएको छ। निगमले सस्तोमा इन्धन खरिद गरेको भए पनि सरकारले लगाउने विभिन्न जोडेर बेच्दा इन्धनको मूल्य महँगो पर्न गएको हो।

कुन इन्धनमा कति कर लाग्छ ?पेट्रोलमा प्रतिलिटर भन्सार शूल्क १५ रुपियाँ २३ पैसा, सडक मर्मतसम्भार कर ४ रुपियाँ, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपियाँ, प्रदूषण शूल्क ५० पैसा, मूल्य स्थिरिकरण कोष १ रुपियाँ २ पैसा, मूल्य अभिवृद्धि कर ११ रुपियाँ ७३ पैसा, ढुवानी खर्च २ रुपियाँ २२ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ६९ पैसा गरी कुल ४१ रुपियाँ ९९ पैसा कर लाग्दै आएको छ।यसमा डिलरको नाफा कटार निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपियाँ ८३ पैसा नाफा छ।

यस्तै डिजेलमा प्रतिलिटर भन्सार शूल्क २ रुपियाँ ३ पैसा, सडक मर्मतसम्भार कर २ रुपियाँ, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपियाँ, प्रदूषण शूल्क ५० पैसा, मूल्य स्थिरिकरण कोष ७९ पैसा, मूल्य अभिवृद्धि कर ९ रुपियाँ ९ पैसा, ढुवानी खर्च ३ रुपियाँ ३८ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ५१ पैसा गरी कुल २३ रुपियाँ ९१ पैसा कर लाग्दै आएको छ।

यसमा डिलरको नाफासमेत जोड्दा निगमलाई प्रतिलिटर २ रुपियाँ ७१ पैसा नोक्सान छ। मट्टितेल प्रतिलिटर भन्सार शुल्क २ रुपियाँ ३ पैसा, मूल्य स्थिरिकरण कोष ७९ पैसा, ढुवानी खर्च २ रुपियाँ २२ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ३७ पैसा गरी कुल ६ रुपियाँ १७ पैसा कर लाग्दै आएको छ।

यसमा डिलरको नाफा जोड्दा निगमलाई प्रतिलिटर १५ रुपियाँ ८० पैसा नाफा छ। यसैगरी हवाई इन्धन (आन्तरिक) प्रतिलिटर भन्सार शुल्क २ रुपियाँ १३ पैसा, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपियाँ, मूल्य स्थिरिकरण कोष ९० पैसा, मूल्य अभिवृद्धि कर १० रुपियाँ ३५ पैसा, ढुवानी खर्च २ रुपियाँ २७ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ३९ पैसा र फ्युल कर २४ पैसा गरी कुल २१ रुपियाँ ९१ पैसा कर लाग्दै आएको छ। यसमा डिलरको नाफा जोड्दा निगमलाई प्रतिलिटर १५ रुपियाँ नाफा छ।

यसैगरी हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर भन्सार शुल्क शून्य दशमलव १३ पैसा, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपियाँ, मूल्य स्थिरिकरण कोष ९२ पैसा, मूल्य, ढुवानी खर्च २ रुपियाँ २७ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ३५ पैसा र फ्युल कर २८ पैसा गरी कुल ९ रुपियाँ ४७ पैसा कर लाग्दै आएको छ। यसमा डिलरको नाफा जोड्दा निगमलाई प्रतिलिटर २९ रुपियाँ नाफा छ।
एलपी ग्यास प्रतिसिलिन्डर भन्सार शुल्क ५७ रुपियाँ ४५ पैसा, मूल्य स्थिरिकरण कोष १३ रुपियाँ ७५ पैसा, मूल्य अभिवृद्धि कर १ सय ५४ रुपियाँ ५० पैसा, बीमा खर्च १ रुपियाँ २३ पैसा, प्रशासनिक खर्च ८ रुपियाँ ५२ पैसा गरी कुल २ सय ३५ रुपियाँ ४५ पैसा कर लाग्दै आएको छ। यसमा डिलरको नाफा जोड्दा निगमलाई प्रतिसिलिन्डर २ सय ८ रुपियाँ ३० पैसा नोक्सान छ।

इन्धनको खरिद मूल्य
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) सँग पछिल्लो मूल्यसूची अनुसार पेट्रोल लिटरको ५३ रुपियाँ २६ पैसा, डिजेल ५४ रुपियाँ २४ पैसा, मट्टितेल ५४ रुपियाँ ३७ पैसा, हवाई इन्धन ५३ रुपियाँ १० पैसा प्रतिलिटरका दरले खरिद गर्दै आएको छ। खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ६६ रुपियाँ ४५ पैसामा खरिद गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्