प्यालेस्टाइनलाई सहायता बन्द गर्ने ट्रम्पको चेतावनी



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालिस्टिनी नेताहरूलाई इजरायलसँग शान्तिवार्ता अगाडि नबढाएमा अमेरिकाले आर्थिक सहायता बन्द गर्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपतिले १ ट्विटमा अमेरिकाको मद्दतको बदलामा उसले कुनै प्रशंसा वा सम्मान नपाएको उल्लेख गरेको छ। राष्ट्रपतिले जेरुसलमलाई इजरायलको राजधानी मान्ने आफ्नो फैसलाले शान्ति कायम गर्न मद्दत मिल्ने दाबी गरेका छन्। आफूले सँधै विवाद बनिरहेको एउटा मुद्दालाई टेबुलबाट हटाइदिएको बताए।

ट्रम्पको उक्त ट्विटको आलोचना गर्दै प्यालेस्टिनी नेताहरूले भने– ‘यो मामिलामा अमेरिका एक तटस्थ मध्यस्थकर्ता हुन सक्दैन। जेरुसलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनु ट्रम्पको चुनावी आश्वासन थियो। सन् २०१७ जनवरीमा पद सम्हालेका ट्रम्पले सोही वर्ष डिसेम्बरमा उक्त पैmसला दिएका हुन्।
तर त्यसका लागि संयुक्त राष्ट्रसंघमा उनको कडा आलोचना भयो। ट्रम्पको फैसलालाई लिएर राष्ट्रसंघमा बसेको विशेष महासभामा १ सय २८ देशले फैसलाको विरोधमा भोट दिए।

डोनाल्ड ट्रम्पको उक्त ट्विट पाकिस्तानलाई लिएर गरेको ट्विटपछि आएको हो। यसअघि अमेरिकी राष्ट्रपतिले पाकिस्तानलाई कडा चेतावनी दिँदै लेखेका थिए– ‘अमेरिकाले १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरभन्दा धेरै मद्दत दिए र उसले बदलामा झुठ र छलबाहेक केही दिएन। उसले अमेरिकी नेता मुर्ख हो भन्ने सोचेको छ। हामी अफगानिस्तानमा जो आतंकवादीहरूलाई खोजिरहेका छौं, उसले उनीहरूलाई आश्रय दिएको छ। अब हुने छैन।

यसै क्रमलाई अगाडि बढाउँदै ट्रम्पले आफ्नो अर्को ट्विटमा प्यालेस्टिनी क्षेत्रका नेताहरूमाथि निसाना साँधेका हुन्। ट्रम्पले लेखेका छन्– ‘पाकिस्तान मात्र त्यस्तो एक्लो देश होइन, जसलाई हामी अनावश्यक अर्बौं डलरको सहायता दिन्छौं, अरू पनि कयौं देशहरू छन्। जस्तो हामी प्यालेस्टिनीलाई हरेक वर्ष सयौं अर्ब डलर पठाउँछौं तर हामी त्यसको बदलामा सम्मान र प्रशंसासमेत पाउँदैनौं। ऊ इजरायलसँग लामो समयदेखि रोकिएको शान्तिवार्तालाई पनि अगाडि बढाउन चाहँदैन।’

उनले अगाडि भने– ‘हामीले ती २ बीच सबैभन्दा विवादको जडका रूपमा रहेको जेरुसलमको मुद्दालाई टेबुलबाट हटाएका छौं। जसका लागि इजरायललाई पनि ठूलो मुल्य चुकाउनुपर्नेछ। तर प्यालिस्टिनी नेता फेरि पनि वार्ता गर्न चाहेका छैनन्। यस्तोमा हामी उनीहरूलाई यति धेरै रकम किन पठाउने ?

प्यालेस्टिनी शरणार्थीका लागि पैसा नपठाउने
ट्रम्पको ट्विट लगत्तै संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निकी हेलीले यस मुद्दामा सहायता रोक्का गर्ने बताएकी छिन्। अमेरिकाले प्यालेस्टिनी शरणार्थीका लागि सञ्चालनमा रहेको संयुक्त राष्ट्रसंघको सहायता एजेन्सीमा अब अरू योगदान नगर्ने उनले बताइन्।

उक्त सहायता एजेन्सीले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक कार्यक्रम चलाइरहेको छ। सन् २०१६ मा अमेरिकाले उक्त एजेन्सीलाई ३७ करोड डलर दिएको थियो। यो रकम भनेमा योगदान गर्नेमध्येको सबैभन्दा धेरै हो।

निकी हेलीले राष्ट्रपति ट्रम्पले सहायता रोकेको नभएर वार्ताका लागि प्यालेस्टिनी पक्ष तयार नभएसम्मका लागि पैसा दिन नचाहेको बताइन्। हेलीका अनुसार संयुक्त राष्ट्रका राष्टपति ट्रम्प विरुद्ध गरिएको भोटले स्थितिमा सुधार नआएको पनि बताइन्।

सन् २०१६ मा उक्त एजेन्सीलाई पैसा दिनेमा युरोपेली संघ दोस्रो नम्बरमा थियो। उसले अमेरिकी सहायताको तुलनामा आधाभन्दा कम रकम एजेन्सीलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्