तनहुँ क्षेत्र नम्बर २, क को निर्वाचन मतगणना सम्बन्धी सबै कागजात झिकाउन आदेश



काठमाडौं।सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश क मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्र लगायतका कागजात मागेको छ । सर्वोच्चले नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको रिटमा सुनुवाई गर्दै मतगणना सम्बन्धी कागजात मनाएको हो । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासलेबुधबार प्रदेश क को निर्वाचन मतगणना सम्बन्धी सबै कागजात झिकाउने आदेश दिएको छ ।

माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइरालासग ५ मतले हारेपछि  कांग्रेस उम्मेदवार पौडेलले मतगण्नामा धाँधली भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । सर्वोच्चले यसअघि पुस ७ गतेको सुनुवाइमा निर्वाचन आयोग र दुवै उम्मेदवारलाई छलफलका लागि बोलाएको थियो ।

सर्वोच्चले धनुषा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले निर्वाचन आचार संहिताविपरीत धाँधलीपूर्ण तरिकाले निर्वाचनको दिन नै सञ्चारमाध्यममा प्रचार गराएको भन्ने मुद्दामा सञ्चारमाध्यममा प्रयोग भएको समाचार र विज्ञापन इजलासमा झिकाउन आदेश दिएको छ ।a

प्रतिक्रिया दिनुहोस्