अत्यधिक चिसोले कठ्याङ्गिएर सप्तरीमा दुई जनाको मृत्यु



शिवहरि प्रसाद भट्टराई, सप्तरी । शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सप्तरीमा दुई जना मजदुरको कठ्याङ्गिएर मृत्यु भएको छ । तीन दिन यता बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेसँगै उनीहरुको कठ्याङ्गिएर मृत्यु भएको हो ।
दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ विरपुरका ३६ वर्षीय कुल्दीप राय र सोहि वडा अन्तर्गत वरही टोलका ३५ वर्षीय रामदयाल रामको कठ्याङ्गिएर मृत्यु भएको वडा अध्यक्ष विनोदकुमार यादवले बताउनु भयो ।
वडाध्यक्ष यादवका अनुसार आर्थिक रुपमा विपन्न गरेका रायको गत मंगलवार र रामको गत सोमवार कठ्याङ्गिएर मृत्यु भएको हो । जिल्लामा शितलहर र हुस्सु बढेसँगै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ । चिसाले विपन्न, गरिब तथा दलित समूदायको जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्