सरकारविरुद्ध वाम युवा तथा विद्यार्थीको प्रदर्शन (फोटोसहित)



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न माग गर्र्दै वाम गठबन्धनका युवा तथा विद्यार्थी संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणसभामा परिणत भएको छ । एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी र वाईसीएलका नेता कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए ।

तस्बिरः रोविन पौडेल

प्रतिक्रिया दिनुहोस्