देउवा विरोधी आन्दोलः आन्दोलनकारीले सरकारी गाडी फोडे



दिपक रिजाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दै बाम गठबन्धनका युवाले आज सरकारी गाडी फोडेका छन । रत्नपार्कको कोणसभा सकेर फर्कने क्रममा गठबन्धनका युवाले बागबजारमा सरकारी गाडी तोडफोड गरेका छन । उनीहरुले सुनसरीको हरिनगरा गाउँपालिकाको को १ झ ५३२ नम्बरको गाडी तोडफोड गरेका हुन । निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम समेत सार्वजनिक गर्न दवाव दिन वाम गठबन्धनका युवा र विद्यार्थी संगठनले आज राजधानीमा प्रदर्शन गरेका छन । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो भएको झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्