अझै पनि निर्माण सामग्री अभावमा छट्पटाउँदै भूकम्पपीडित



शालिकराम चालिसे, नुवाकोट ।

नुवाकोटका भूकम्पपीडितहरु निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् । वालुवा, सिमेन्ट हार्डवयरदेखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ । जसको कारण भुकम्पपिडितहरुले रााष्ट्रिय पुननिर्माण पाधिकणले दिएको समयसिमामा घर बनाउन नसक्ने भएका हुन ।

पुस मसान्त नजिकिँदै गर्दा भूकम्पपीडित निर्माण सामग्रीको खोजीमा हार्डवेयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन् । ढुङ्गा, बालुवा, गिट्टी लगायतका सामग्रीको कृत्रिम अभाव भएको छ ।त्यस्तै घर निर्माणको लागि कामदार अभावले पनि भुकम्पपिडितहरु मारमा परेका छन । कामदार र निर्माण सामागीहको कृत्रिम अभाव भएसँगै मूल्यसमेत दोब्बर बनाइँदा भूकम्पपीडितले दोहोरो मारमा परेका छन ।

घर निर्माण गर्न वालुवा,सिमेन्ट र कामदार नपाउँदा समस्या भएको विदुर नगरपालिका वडा नं ११का दाताराम प्याकुरेलले बताउनुभयो । प्याकुरेलले भन्नुभयो गाउँमा कामदाहरुका अभावसँगै निमार्ण सामागीहरु इटा, वालुवा,सिमेन्ट तथा रडहरुको अभाव भएको छ जसले गर्दा रााष्ट्रिय पुननिर्माण प्राधिकरणले दिएको पुष मसान्तसम्मको म्याद गुर्जनै लाग्दा राहात नपाउने होकि भनेर चिन्ता बढेको छ ।

यस्तै समस्या विदुर नगपालिका वडा ४ को चारघरेका रमेश लामिछानेको पनि छ । लामिछानेले भन्नुभयो घर त बनाउन सुरु गरियो तर कामदारहरुको अभावसँगै निर्माण सामाग्रीहरुको अभावले तनावमा छु । कसरी घर बनाउने हो पत्तो छैन । निर्माण सामाग्रीहरुको अभावभन्दै भाउ पनि बढेको छ कसरी घर बनाउने हो समस्यामा छु ।

नुवाकोटमा यसअघि प्रतिबोरा रु ५ सयदेखि रु ६ सयसम्म पर्ने सिमेन्टको मूल्य बढेर रु ७ सयदेखि रु ८ सयसम्म पुगेको छ । भनेको समयमा निर्माण सामग्री नपाउँदा भूकम्पपीडित काठमाण्डौसम्म पुग्ने गरेका छन ।

तर रााष्ट्रिय पुननिर्माण प्राधिकरणका वेद प्रसाद गौडेलले भने नुवाकोटको पुन निर्माणलाई पुग्ने वालुवा, गिटि लगायत निर्माणजन्य समाग्रीहरु प्रशस्त रहेको दाबी गर्छन । “नुवाकोटको पुन निर्माणलाई पुग्ने निर्माणजन्य सामाग्री इटा, वालुवा र गिटि नुवाकोटमा प्रशस्त छ ”
पौडेलले भने ।

स्थानीय कच्चा सामग्रीको कृत्रिम अभाव गराई मूल्य वृद्धि गर्न थालेपछिे मूल्य वृद्धि दोब्बर भए पनि नियमन निकायले कुनै चासो दिएको छैन ।

हार्डवेयर सञ्चालकले भने कम्पनीले नै मूल्य वृद्धि गरेका कारण आफूहरुले मूल्य बढाउनु परेको बताएका छन् । विदुर नगरपालिका वडा नं ४ बट्टारका हार्डवयेर संचालक वाशु श्रेष्ठले भन्नुभयो वालुवासिमेन्ट, छडको मुल्य बढेको छ । र यस्ता सामाग्रीहको मूल्य अझै बढ्ने निश्चित छ श्रेष्ठले भन्नुभयो । भारतबाट आवश्यक मात्रामा कच्चा पदार्थ आयात नहुँदा मूल्य वृद्धि भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्