प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान



नेपाल समाचारपत्र, काठमाडौँ ।
गत पुष १३ गतेको भएको मन्त्रिपरिषद्कोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक सहायक रथी डा. शशी राई र झंकरबहादुर कडायतलाई बुधबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नोती भएका उपरथी डा. राईलाई सैनिक स्वास्थ्य महानिर्देशक र उपरथी कडायतलाई सुदुरपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्