कोइराला परिवारबाटै आयो देउवाको राजीनामा माग



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार गठनकालागि बाटो खुलाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधानतः राजीनामा गर्नुपर्ने नदेखिए पनि नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिनुपर्ने बताएका हुन् । नेता कोइरालाले संविधान आफैँमा पूर्ण नहुने गरेको भन्दै निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको संविधान बनाउनु गालत भएको बताए ।

कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको भन्दै नेता कोइरालाले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको बताए । कांग्रेसले पाँच वर्ष संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन वलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्