आईरिस फुटबलरले जिते लाखौंको लटरी



एजेन्सी
आईरिस फुटबलरले लाखौंको लटरी जितेर सन् २०१८ को शुरुआतमै पहिलो ठूलो सफलता हासिल गरेका छन् । प्रेस्टन नर्थ इन्डका केभिन ओ कनर आयरल्यान्डमा परिवारका साथ भ्रमणमा थिए । उनले त्यही नै लाखौं युरो जितेको थाहा पाएको बताइएको छ । उनका काका पीडर मर्फीले गत डिसेम्बर १४ मा क्यासलब्रीड्जको एक पसलबाट आईरिस राष्ट्रिय लटरी टिकट उपहारमा किनेका थिए ।
करोडौं युरो पाएका ओ कनरले पैसाको लागि अहिले कुनै योजना नभएको बताए । उनले लिगमा आफनो टिमलाई कसरी माथि उठाउने त्यसैमा ध्यान केन्द्रित हुने समेत बताएका थिए । डिफेन्डरले उनकी आमा बे्रन्डालाई टिकटको नम्बर जाँच गर्न भनेको थियो । उनले भने—मैले टिकटको तस्वीर उनीहरुलाई पठाए । तर विश्वास गरेनौ कि १ मिलियन युरो पुरस्कार जित्यो भनेर ।
२२ वर्षीय ओ कनर जुलाईमा च्याम्पियनसिप क्लब प्रेस्टन नर्थका लागि अनुबन्धित भएका थिए । यसअघि उनको सहयोगमा कर्क सिटीले आइरिस रिपपब्लिकमा लिग र कप दोहोरो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्