छोटा कपडा र आइसक्रिम



चिसो मौसमले अहिले सबैलाई हैरान पारेको छ। राजधानीबासीहरू बाक्लो कपडा लगाउने र तातो–तातो खानमा व्यस्त देखिन्छन्। तर एकाथरि युवती भने युवालाई नै लोभ्याउने गरी छोटा मिनिस्कर्ट र छोटो टिसर्ट त्यसमा पनि हातमा आइसक्रिम त्यति भएपछि केटाहरूलाई के चाहियो र? ती ताता युवतीलाई जिस्क्याउन थालेपछि दरबारमार्गमा एकछिन बाटो जाम हुने अवस्था सिर्जना भएको थियो। युवाहरूले अति गरेपछि युवतीहरू एउटा हातमा आइसक्रिमको कोन अर्को हातमा हिलजुत्ता लिएर युवालाई तथानाम गाली गर्दै आक्रमण गर्न कँुदेको दृश्यले ती युवतीहरूलाई एउटा सुझाव दिने अवस्थामा पुगेको छ धरहरा। कम्तीमा पनि ती युवतीले अरू केही ख्याल नगरे पनि जाडोको चाहिँ ख्याल गर्नुपर्ने हो नि⁄ चिसोले राजधानीवासी बिरामी भएर हैरान भएका छन्। ती नानीहरू शरीरमा पनि आधा लुगा, हातमा आइसक्रिम, निमोनिया होला भन्ने डर धरहरालाई लागेको छ। केटाले जिस्क्याउने वातावरण बनाउनु त भएन नि⁄ नानीहरू हातमा हिलजुत्ता लिएर हिँड्नुको सट्टा शरीरभरि कपडा लगाएको भए ती पाजी युवाहरूले कहाँबाट जिस्क्याउन्⁄ हैन त पाठक वृन्द ?

प्रतिक्रिया दिनुहोस्