हलेसीको आगलागी नियन्त्रणमा ४ घर नष्ट, ३ घरमा क्षति



रामधन राई, खोटाङ
खोटाङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार साँझ ७ः३० बजे शुरू भएको आगो स्थानीय तथा प्रहरीको प्रयासमा तीन घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगोले भीषण रूप लिँदा सोही स्थानका उचितबहादुर राई, प्रकाशचन्द्र गिरी र तम्बराज राईको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य ३ घरमा क्षति भएको जनाइएको छ। अन्य क्षतिको विवरण तथा आगालागीको कारण भने खुल्न सकेको छैन।

घरमा राखिएको ग्यास पड्किरहेकाले आगोलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो। आगो नियन्त्रण बाहिर गएपछि बेलुकी ८ः३० बजे रूपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दुई घण्टा दूरीमा रहेको घटनास्थलतर्फ दमकल पठाइए पनि दमकल नपुगी नै आगो नियन्त्रणमा लिन सफल भएको स्थानीयले जनाएका छन्। बाक्लो बजारमै आगो लागेकाले हलेसीबासी त्रसित बनेका थिए।

प्रतिक्रिया दिनुहोस्