७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार, कुन प्रदेशको राजधानी कहाँ ?



काठमाडौं । सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार पारेको छ। प्रश्ताव अनुसार १ नम्बर प्रदेशको अस्थाई केन्द्रको रुपमा विराटनगर, २ को जनकपुर, ३ को भक्तपुरको ठीमी (ललितपुरमा पनि अध्ययन भएको), ४ को पोखरा, ५ को लमहि र घोराही मध्ये एक, ६ को सुर्खेत र ७ को धनगढीलाई तोक्न सिफारिस गरिएको छ।

२ नम्बर प्रदेशको प्रदेश सभाको सम्भावित बैठक स्थलको रुपमा जनकपुर चुरोट कारखानको कार्यालय, ४ को नगर विकासको कार्यालय, ६ को सभागृह र ५ को लमहिमा रहेको सिंचाई कार्यालयलाई बैठक स्थलको रुपमा प्रस्ताव गरिएको छ। मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो।
सहरी विकास मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद कार्यालयलाई सिफारिस गरेको खाकामा भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थापन लगायतका विषयलाई आधार मानिएको बताइएको छ ।

तयार पारिएको खाकाको अध्ययनपछि मन्त्रिपरिषदले मुकाम तोक्ने आधिकारीक निर्णय लिने छ। अस्थायी रुपमा तोकिएका मुकामबारे प्रदेश सरकारले हेरफेर गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्