सन् २०१७ः ९ लाख ४० हजार पर्यटकले गरे नेपाल भ्रमण 



दीपेन्द्र थापा, काठमाडौं

सन् २०१७ मा ९लाख ४० हजार २ सय १८ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशतले वढि हो । सन् २०१६मा ७ लाख २८ हजार ५ सय ५५ ले नेपाल भ्रमण गरेका थिए । उक्त तथ्याङक हवाई मार्ग र स्थलमार्गबाट समेतको कुल तथ्याङक रहेको अध्यागमन विभागले जनाएको छ ।

सरकारले सन् २०११ मा पर्यटन वर्ष मनाएर वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य ६ वर्षपछि पूरा हुने संकेत देखिए पनि पुरा हुन भने सकेन । अहिले अवस्थामा वर्ष १० लाख को हाराहारी पर्यटक आगमन हुनु सकरात्मक रहेको पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्