अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप



नेपाल समाचारपत्र, काठमाडौँ ।
निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ ।

आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्धमा चर्को नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्