बाँदरलाइ हानेको गोलीले लाग्दा बृद्धाको ज्यान गयो



नेपाल समाचारपत्र, पाल्पा

तिनाउ गाउपालिका ६ मस्याममा एक वृद्धको भरुवा वन्दुकको गोली लागेर मृत्यु भएको छ ।
भरुवा वन्दुकले वाँदरलाइ ताकेर हान््दा सो गाविसका ६२ वर्षिय धनवहादुर थापाको मृत्यु भएको हो । जंगलमा वाख्रा चराइरहेका थापलाई सोही ठाउका वालवहादुर लम्तरीले हानेको गोली लागेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमवार अपरान्ह सो घटना भएको हो । घटनाको विषयमा प्रहरीले राती अवेर मात्र थाहा पाइ वन्दुक हान्ने लम्तरीलाई नियन्त्रणमा लिएको छ । सो विषयमा अनुसन्धान भैरहेको जिप्रका पाल्पाका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो । मृतक थापा अभियुक्त लम्तरीका नाताले भिनाजु पर्दछन ।

प्रतिक्रिया दिनुहोस्