कौटिन्होको मूल्य १६० मिलियन, बार्सिलोना तनावमा



लन्डन, (एजेन्सी)
लिभरपुलले फिलिप काउन्टिनोलाई बार्सिलोनामा बेच्न ठूलो रकमको माँग गरेको छ । ब्राजिलिनको लागि बार्सिलोनाको तीन प्रस्ताव लिभरपुलद्वारा अस्विकार भइसकेको छ । प्रिमियर लिग क्लबले अहिले १६० मिलियन पाउन्ड पाउनुपर्ने माँग राखेको द टेलिग्राफले जनाएको छ । तर यो रकम ला लिगा क्लब बार्सिलोनाले तेस्रो पटक पठाएको प्रस्ताव भन्दा १० मिलियन पाउन्ड बढी हो । बार्सिलोनाले शुरुआती प्रस्ताव ८६ मिलियन पाउन्ड तोकिएको थियो ।

स्पेनका लुगा बनाउने कम्पनीले काउन्टिनोको नामको जर्सी समेत बनाइसकेको थियो । यो ठूलै गल्ती भएको भन्दै पछि सच्च्याइएको थियो । नाइक कम्पनीले अनलाइनमा काउन्टिनोको जर्सी किन्न समर्थकहरुलाई आग्रह गरेको थियो । अनलाइनमा लेखेको थियो—फिलिप काउन्टिनो क्याम्प नउमा आउन तयार छन् । जादुमय नाम अंकित बार्सिलोनाको जर्सी जनवरी ६ सम्म निशुल्क पाउन सकिने छ । नाइक वेबसाइटले फिलिप काउन्टिनो लिभरपुलबाट बार्सिलोनमा छिटै मुभ हुने विश्वास गरेको छ ।

तर प्रवद्र्धनसँग आबद्ध बार्सिलोनाको आफनो अनलाइनले एक घण्टापछि नै सो विज्ञापन मेटेको थियो । विज्ञापन बावजुद यो जर्सी किन्न संभव नभएको पनि जनाएको थियो । नाइकले भने कुनै प्रतिक्रिया पनि दिएको छैन । बरु नाइकले काउन्टिनोलाई बार्सिलोनामा आउने लालच दिइरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्