राजधानीको माग गर्दै स्थानीयबासी सडकमा उत्रीय



विमल विष्ट, डोटी ।
७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै संघर्ष समिति डोटीले एक हप्ते शान्ति पुर्ण ¥यालीको आयोजना गरेको छ । प्रदेशको राजधानि दिपायल घोषणा गर भन्दै दिपायलको प्रमुख ब्यापारी केन्द्र दिपाय,पिपल्ला , एयरपोर्ट र राजपुर लगायतका ठाउमा दिनहुँ सयौँको संख्यामा स्थानियबासीहरु ¥याली निकाल्दै आएका छन् । गएको बुधबार देखि ७ नम्बर प्रदेशको राजधानि दिपायल नै हुनुपर्ने माग गर्दै साताब्यापि दबाबका कार्यक्रम चलिरहेका छन् ।

उक्त संर्घस समितिले दैनिक २ घण्टा रिले चक्काजामको कार्यक्रम समेत गर्दै आएको उक्त ¥यालीका सहभागि मध्येकी एक स्थानिय तुलसी शाहीले बताउनु भयो । उहाँले भन्नु भयो ‘राजधानी दिपायल तोक्नका लागि अहिले हामीले शान्तिपुर्ण ¥याली गर्दै आएका छौ,दिपायल राजधानी नतोकिए हामी कडा आन्दोलमा पनि उत्रिन तयार हुने छौ ।’

७ नम्बर प्रदेशका नौ वटै जिल्लाको पायक पर्ने स्थान दिपायल रहेको र शुरक्षा संबेदन शिलताका आधारले पनि सुरक्षित, पुरानो डोटी गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु प्रयाप्त, सामाजिक साँस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदूर पश्चिमको क्षेत्रीय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराईमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाई सराईलाई न्युन गर्न गर्ने जस्ता प्रयाप्त आधार भएकाले दिपायलमा नै राजधानि कायम गरीनु पर्ने माग सहित आफुहरु आन्दोलनमा उत्रिएको डोटी उघोग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्