गौमुखी गाउपालिकामा केन्द्र बिबाद चुलियो, स्थानिय आन्दोलित



सलिम अन्सारी, प्यूठान ।
जिल्लाको गौमुखी गाउँपालिकामा केन्द्रको बिषयमा बिबाद उत्पन्न भएको छ।केन्द्र निर्धारण कहाँ गर्ने भन्ने बिषयमा गाउँपालिका बासी नै दुइधारमा बिभाजित भएका छन। एक पक्षले केन्द्र निर्धारण गाउँसभाले निर्णय गरेको ठाउमा हुनुपर्ने अडान लिएको छ भने अर्को पक्षभने गाउंसभाले निर्णय गरेको स्थानमा सिङ्गो गाउपालिकाबासिका लागि अपाएक पर्ने हुँदा ठुलाबेशि केन्द्र निर्धारण गर्नुपर्ने माग राख्दै आएका छन। सोमबार गाउँसभाको बैठकले ठूलाबेसीबाट केन्द्र परिबर्तन गरि वडा नम्बर ४ स्थित पूजा लिवासेमा सार्ने निर्णय गरेपछि यहाँ बिरोध सुरु भएको छ।केन्द्र परिबर्तनको बिरोधमा गौमुखी(५ ठुलाबेशी बजारका स्थानिय आन्दोलित भएका हुन।

यहाँका स्थानीयले मंगलबार बिहानैदेखि यातायात, बजार र विद्यालय ठप्प पारेका छन् । गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ । साविकका अर्खा, रजवारा, पुजा, खुङ, लिवाङ९१–६० र नारीकोट गाविस गौमुखी गाउँपालिकामा समावेश भएका छन् । यश अघि केन्द्र तोक्न अध्ययनका लागि खटिएको प्राविधिक टोलीले समेत ठूलावेसीलाई उपयूक्त स्थान छनौट गरेको स्थानीयले बताए।

।ठुलाबेशीका स्थानियले सात रोपनी जग्गा समेत निशुल्क रुपमा पालिकालाइ उपलब्ध गराएका थिए।

आफ्नो माग पुरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयले बताए । स्थानियले मित्र थापाले बताए अनुसार ठूलावेसी बजार बिहानै देखि पुर्ण रुपमा ठप्प छ । प्राविधिक टोलीले तोकेकै स्थानमा केन्द्र हुनुपर्ने स्थानीयको माग छ । उता गाउपालिका अद्यक्ष बिष्णु कुमार गिरिले लिबासेमा केन्द्र राख्न गाउँसभाबाट बहुमत आएको बताए।उनले भने, बहुमतले तोकेको स्थानमा केन्द्र रहन्छु। गाउसभामा गरिएको मतदान अनुसार गाउपालिकाको हाल संचालन भएको कार्यालय ठुलाबेशी बजारमा २० मत र लिवासेका लागि १७ मत प्राप्त भएको अध्यक्ष गिरिले जनाए।ठूलावेसीमा बजार विस्तार भइसकेको छ । लिवासेमा हाल पूजा हेल्थोष्ट र प्रहरी चौकी मात्र संचालनमा रहेका छन् ।लिबासे र ठुलाबेशी करिब देढ किलोमिटर दुरिको अन्तरमा छ।

प्रतिक्रिया दिनुहोस्