आजबाट नारायणगढ–मुग्लिन सडक छ घण्टा बन्द



नेपाल समाचारपत्र, चितवन ।
निर्माणाधीन नारायणगढ–मुग्लिन सडक आजदेखि रातमा छ घण्टा बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले दिएको जानकारीअनुसार राति १० बजेदेखि बिहानपख चार बजेसम्म सो सडक खण्डमा कुनै पनि गाडी चल्ने छैनन् ।

यो समयमा पहाड काट्ने लगायतका गर्न मिल्ने कामहरु ठेकेदारहरुले गर्नुपर्ने र कालोपत्रे लगायतका कामहरु दिउँसोमा गर्ने र पहाड काट्ने लगायतका ठूला कामहरु रातमा गर्ने सहमति अनुसार मंगलबार राति १० बजेदेखि छ घण्टा बाटो पूर्णरुपमा बन्द हुने बताइएको छ ।

सन् २०१५ को अप्रिलमा सम्झौता भएर विस्तारको काम सुरु भएको सो सडक खण्डमा काम भने कछुवा गतिमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्